कृषि व्यवसाय प्रर्वद्धन गर्दै प्रदेश १ सरकार, कुखुरा ह्याचरी स्थापना देखि गाई तथा बाख्रा पालन सम्म अनुदान
विराटनगर। प्रदेश नं १ सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष ७६ ७७ को वार्षिक स्वीकृत कार्यक्रम अन्र्तगत कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि मन्त्रालयले सूचना प्रकाशित गरी सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कार्यविधि अनुसारको ढाँचामा प्रस्ताव दर्ता गरी समावेश हुन ईच्छुक कृषक, कृषि सहकारी , कृषि संस्था, कृषि कम्पनी, उद्यमी , व्यवसाईलाई आग्रह गरेको छ ।
संचालन हुने कार्यक्रमहरु :
१. डेरी उद्योगको सहकार्यक्रमा दुग्ध तथा दुग्ध जन्य पर्दाथ ढुवानी साधन खरीदमा अनुदान ।
२. मासु ढुवानीको लागि रेफ्रिजेरेसन सवारी साधन खरिद ।
३. व्यवसायीक बंगुर प्रर्वद्धन प्रादेशिक अभियान कार्यक्रम
४. साना डेरी प्रशोधन केन्द्र स्थापना ।
५. ग्रामिण कुखुराको ह्याचरी स्थापनामा अनुदान ।
६. हुलाकी मार्ग लक्षित दुग्ध उत्पादन तथा प्रर्वद्धन कार्यक्रम ।
७. सक्रिय कृषि पशु सहकारी संस्था समिति र अन्य संस्थाहरुसंग सहकार्यक्रमा व्यवसायीक पशुपालन कार्यक्रम ।
८. पशुजन्य पर्दाथ उत्पादन विविधिक।ण र बजारिकरणमा अनुदान सहयोग ।
९. मिल्किङ्ग पार्लरको स्थापनामा ७५ प्रतिशत अनुदान ।
१०. नमूना व्यवसायीक पशुपालन फार्म कार्यक्रम ।
थप जानकारीका लागि :
दिपकबाबु सिंह : ९८४२०७७४७८ , मन्त्रालयको फोन नम्बर, ०२१ – ४७०११३
सूचना हेर्नुहोस :

सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

