• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष २३, २०८२
बुधबार, पुष २३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

अब नेपालीले विदेशमा २० हजार डलरसम्म लगानी गर्न पाउने

हुस्सुले तराईमा जनजीवन प्रभावित

२०८२ साल पौष २३ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

ट्रक व्यवसायी महासंघको पहलमा बागमती सरकारले दियो जेनजी प्रदर्शनपीडित सवारी साधनमा कर, दस्तुर र जरिवानामा छुट

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

  • ५. २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. प्याब्सनद्वारा ‘प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभाग’ गठन, राहत र समन्वयलाई संस्थाकरण बनाइँदै

  • ७. इन्दिरा आईभिएफ आशा र अभिभावकत्वका दुई बर्षको उत्सव

  • ८. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ९. आजदेखि स्वस्थानी व्रत आरम्भ, नयाँ व्रत बस्नेहरुले कसरी सुरु गर्ने ?

  • १०. रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आज बाँडफाँड, ५ लाखभन्दा बढी आवेदकको हात खाली

मर्मस्पर्शी कथा: जाबो पाँच रुपैयाँ

एउटा कार रोकियो । कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो । त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको ?” धुँवाले खोक्दै भनिन्, “२५ ।” “२० मा आउँदैन ?” “अहँ ।” “दिनुस् न दिनुस् २० मा । जाबो पाँच रुपैयाँ त हो नि ।” “यति दुख गरेर ल्याएको मकै । कसरी दिनु अलिकति पनि नाफा नगरी ?” “अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा ।” “मिल्दैन हजुर ।” “नदिने त २० मा, उसोभए ?” “२५ मै लैजानुस् । मकै मिठो छ ।”

“जतिसुकै मिठो भएपनि २० मा दिइनौ । जाबो पाँच रुपैयाँ पनि मिलाइनौ । भयो चाहिएन ।” इति भनेर उनले गाडी गुड्यो । ती आमैसँग मैले एउटा मकै किनेँ । र, त्यही छेउमा आड लाएर खान थालेँ । त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरको देखँं । गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे । त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ ।

ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने म:म:, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन् । सम्पन्न छन् र खर्च गर्छन् जायज। आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को म:म:, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा । त्यो उनको स्वतन्त्रताको कुरा । तर मलाई एउटा कुराले गतिलरी छोयो । “जाबो पाँच रुपैयाँ ।” “अर्कोपनि खानुहुन्छ ? कस्तो लाग्यो मकै ?” मकै पोल्ने आमाले मलाई सोधिन् । “खाँदै छु । मीठै छ मकै त, तर मलाई पुग्छ ।” मैले भनेँ । धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ ।

उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन् । उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी ? यो उमेरमा पनि ।” “कति हो एउटाको ?” कलेज डे्रसमा सजिएका दुई युवतीमध्ये एकले सोधिन् । “२५ ।” “२० मा आउँदैन ?” अर्कीले भनिन् । “आउँदैन ।” “ल दिनुस् न त ?” “कतिवटा?” भनेर उनले ती युवतीतिर यसरी हेरिन् कि मानौं उनका आँखाले भन्न खोजिरहेछन्, “लैजानुस् अलि धेरै ।” “दुईटा दिनुस् ।” एउटीले भनिन् ।

ती आमैले मकैको हरियो खोस्टामा दुईटा मकै राखिन् र दिँदै भनिन्, “लिनुस् नानी ।” उनीहरुले पैसा दिए र मकै खाँदै आफ्नो बाटो लागे । “ऐया ! “ उनले भनिन् । हतारिदा उनको हात आगोको कोइलाले पोल्यो । हात झिकिन् र आफ्नो लगाइराखेको पुरानो धोतीको एक छेउले पोलेको औलालाई एकछिन् छोपिन् । एक मिनट नहुँदै हात झिकिन् र डढ्न लागेको मकै फेरि त्यही हातले फर्काइन् । म तिनै आमैले पोलेको मकै खाइरहेछु उनको छेउमा बसेर । उनलाई राम्ररी नियालँे । उनको हुलिया र बृद्ध उमेरमा पनि त्यो मेहेनत देखेर सोच्न बाध्य भएँ, कहाँ होलान् यिनका छोराछोरी र नातिनातिना ? कहाँ होला यिनको घर ? छोराछोरीले स्याहार गर्ने बेला सडकछेउमा यसरी दुख गर्नुपर्ने अबस्था कसरी आयो होला ?

अघि रेष्टुरेन्टमा छिर्ने सज्जन निस्के र आफनो गाडी लिएर लागे आफ्नो बाटो । रेष्टुरेन्टको मूल ढोकाबाट निक्कदा हातमा एउटा प्याक गरिएको खानेकुरा हातमा लिएको देखेँ । पक्कै त्यो रेष्टुरेन्टबाट उनले खानेकुरा लिएर गए सायद आफनो परिवारलाई । उनले आफनो नजर फेरि ती बूढीआमैतिर लगे । अघिको कुरा फेरि सम्भि्कएँ, “जाबो पाँच रुपैयाँ ।” ती बूढीआमैले दिनमा पचासवटा मकै बेचिन् भनेपनि त्यो पाँच रुपैयाँ फाइदाको दरले गर्ने हो भने जम्मा हुन्छ २५० । दिनमा बढीमा २५०ले उनले आफ्नो पेट पाल्दैआएकी छिन् ? र, परिवारमा अरु कोही छन् भने तिनको पनि खर्च यतिले नै कसरी चलेको होला ? गाडीवालको लागि जाबो पाँच रुपैयाँ उनको लागि कति महत्व ? त्यही पाँचपाँच रुपैयाँले त एउटा जीवन धानिएको छ ।

मैले त्यो मकै खाइसकेँ । र, लागेँ, आफनो कोठातिर । बाटोमा अरु कुरा खेल्न थाल्यो । त्यो गाडीवालले सुबिधायुक्त रेष्टुरेन्टमा सयौं खर्च गर्न सक्छ भने पाँच रुपैयाँ ती मकै बेच्ने आमैको लागि किन्न सकेन किन ? त्यो रेष्टुरेन्टमा १०० रुपैयाँ नै बढाएर बिल तयार भएपनि उसले त्यसमा त्यति बार्गेनिङ गर्दैन होला जति सडकमा दिनभर धुँवा र बुढेसकालको असक्तताबीच मकै पोल्दै गरेकी ती आमैसित गर्दैथिए । त्यो पनि पाँच रुपैयाँको लागि ।

एक मनले सोच्यो, यदि उसको आमा छन् भने एउटा पोलेको मकै लगिदिएको भए तिनले त्यो म:म:, चाउमिनभन्दा खुसी हुन्थिन् कि ? मकै पोल्ने अर्की आमै झन् खुसी । फेरि अर्को मनले सोच्यो, उसको पैसा उसको खुसी । जे खाओस्, जेसुकै लगिदेओस् आफ्नो परिवारलाई,उसको मर्जी । कोठामा पुगेँ । साँझ परिसकेकाले खाना खाएपछि बिस्तारामा पल्टिएँ । निद्रा लागेन । कानमा एउटै वाक्य गुञ्जियो, “जाबो पाँच रुपैयाँ ।” (यो कथा सामाजिक सन्जाल मार्फत लिइएको हो ।)

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

    लोकप्रिय

    २०८२ साल पौष १८ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष १९ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २१ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष २० गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

    २०८२ साल पौष २२ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

    एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य

    सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?

    नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष २४ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल
    • एल.आर.आर मोटर्सद्वारा ब्राण्ड एम्बेसडर विजय लामा तथा चलचित्र “एक्लो–१” सँग विशेष प्रदर्शनमार्फत सहकार्य
    • सुनको मूल्यमा गिरावट,चाँदीको मूल्य भने हालसम्मकै उच्च : कतिमा हुँदैछ कारोबार ?
    • नेपाल टेलिकमले सुरु गर्यो जीएसएम प्रिपेड ग्राहकहरुका लागि अनलाइन केवाईसी अपडेट परीक्षण
    • राष्ट्रियसभा सदस्यको उम्मेदवारी मनोनयन आज

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2026 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.