• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०३ बैशाख २०८३, बिहीबार
०३ बैशाख २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १६ घण्टा 

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन
  • १७ घण्टा 

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग
  • १८ घण्टा 

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने
  • १८ घण्टा 

सीजी ब्रान्डद्वारा नयाँ वर्ष २०८३ लक्षित आकर्षक योजना “एक्सपेरियन्स लाइफ विथ सीजी” सार्वजनिक
  • १८ घण्टा 

विश्व मञ्चमा नेपालको ऐतिहासिक सफलता : इएमटेक २०२६ र भीईसीभी प्रतियोगितामा नेपालको दोहोरो जित
  • २० घण्टा 

रास्वपाको निर्णयः मन्त्रीहरुले १८ हजार र सांसदले १६ हजार रुपैँया लेबी बुझाउनुपर्ने
  • २० घण्टा 

गर्मीमा नरिवल पानी पिउनुका यस्ता छन् फाइदा
  • २१ घण्टा 

इन्धनको मूल्यमा वृद्धि, डिजेल–मट्टितेल प्रतिलिटर ३० रुपैयाँले बढ्यो
  • १ दिन 

लोकप्रिय समाचार

  • १. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • २. विद्यालयलाई छात्रवृत्ति विवरण सार्वजनिक गर्न शिक्षा मन्त्रालयको निर्देशन

  • ३. एलजीद्धारा एशियाली बजार लक्षित गर्दै स्मार्ट होम र एआई प्रविधिको नयाँ योजना सार्वजनिक

  • ४. आर्टुडियो पाटन विंगमा “टेक्सटाइल स्क्रिप्ट्स”: समकालीन लिथुआनियन टेक्सटाइल कला प्रदर्शनी

  • ५. ब्ल्याक प्लस डेकरद्वारा नयाँ वर्ष २०८३ को उपलक्ष्यमा “ओन द फ्युचर,ओन द ब्ल्याक प्लस डेकर” योजना सार्वजनिक

  • ६. २०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. इन्धनमा भारी मूल्यवृद्धि : पेट्रोल, डिजेल र ग्यास महँगिँदा पनि निगम घाटामा

  • ८. २०८३ वैशाख १ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ९. कोका–कोला नेपालले सुरु गर्याे फिफा वल्र्ड कप २०२६ अभियान

  • १०. नयाँ उद्देश्य, लक्ष्य र मूल्यमान्यताका साथ अघि बढ्दै नबिल बैंक

मर्मस्पर्शी कथा: जाबो पाँच रुपैयाँ

admin २०७६, पुष, ११

एउटा कार रोकियो । कारको एक साइडको कालो सिसा अटोमेटिक खोलियो । त्यहीबाट टाउको बाहिर निकाल्दै निधारमाथि कालो चश्मा लगाएका एक सज्जनले भने, “कति हो आमै एउटा मकैको ?” धुँवाले खोक्दै भनिन्, “२५ ।” “२० मा आउँदैन ?” “अहँ ।” “दिनुस् न दिनुस् २० मा । जाबो पाँच रुपैयाँ त हो नि ।” “यति दुख गरेर ल्याएको मकै । कसरी दिनु अलिकति पनि नाफा नगरी ?” “अरु ठाउँमा त जतिपनि पाइन्छ है २० मा ।” “मिल्दैन हजुर ।” “नदिने त २० मा, उसोभए ?” “२५ मै लैजानुस् । मकै मिठो छ ।”

“जतिसुकै मिठो भएपनि २० मा दिइनौ । जाबो पाँच रुपैयाँ पनि मिलाइनौ । भयो चाहिएन ।” इति भनेर उनले गाडी गुड्यो । ती आमैसँग मैले एउटा मकै किनेँ । र, त्यही छेउमा आड लाएर खान थालेँ । त्यो गाडी केही पर गयो र त्यही नजिकै एउटा रेष्टुरेन्टअगाडि पार्क गरको देखँं । गाडीबाट झरेर ती सज्जन रेष्टुरेन्टभित्र पसे । त्यो रेष्टुरेन्टलाई बाहिरबाट हेर्दा यतिचाहिँ यकिनसाथ भन्न सक्छु कि त्यहाँ पाइने सबैभन्दा सस्तो परिकार कम्तिमा १०० रुपैयाँभन्दा बढी नै पर्छ ।

ती सज्जनले त्यस रेष्टुरेन्टमा खाने म:म:, चाउमिन वा अरु कुनै आइटम कम्तिमा १०० भन्दा बढीको पक्कै खानेछन् । सम्पन्न छन् र खर्च गर्छन् जायज। आफ्नो परिश्रमले कमाएको पैसा चाहे त्यस रेष्टुरेन्टमा १०० को म:म:, चाउमिन खाऊन् चाहे पाँचतारे होटेलमा । त्यो उनको स्वतन्त्रताको कुरा । तर मलाई एउटा कुराले गतिलरी छोयो । “जाबो पाँच रुपैयाँ ।” “अर्कोपनि खानुहुन्छ ? कस्तो लाग्यो मकै ?” मकै पोल्ने आमाले मलाई सोधिन् । “खाँदै छु । मीठै छ मकै त, तर मलाई पुग्छ ।” मैले भनेँ । धुँवाले उनको चाउरी परेको अनुहार कालो न कालो भएको छ ।

उनले मकैको खोस्टो निकाल्दै त्यसैले मकैलाई हम्कदैछिन् । उनको नाकको बुलाकी उनी हतारहतार गरेर मकै पोलिरहेकाले यसरी हल्लिरहेको देखेँ कि मानौँ त्यो बुलाकीले भनिरहेछ, “कति दुख गर्छेस् बूढी ? यो उमेरमा पनि ।” “कति हो एउटाको ?” कलेज डे्रसमा सजिएका दुई युवतीमध्ये एकले सोधिन् । “२५ ।” “२० मा आउँदैन ?” अर्कीले भनिन् । “आउँदैन ।” “ल दिनुस् न त ?” “कतिवटा?” भनेर उनले ती युवतीतिर यसरी हेरिन् कि मानौं उनका आँखाले भन्न खोजिरहेछन्, “लैजानुस् अलि धेरै ।” “दुईटा दिनुस् ।” एउटीले भनिन् ।

ती आमैले मकैको हरियो खोस्टामा दुईटा मकै राखिन् र दिँदै भनिन्, “लिनुस् नानी ।” उनीहरुले पैसा दिए र मकै खाँदै आफ्नो बाटो लागे । “ऐया ! “ उनले भनिन् । हतारिदा उनको हात आगोको कोइलाले पोल्यो । हात झिकिन् र आफ्नो लगाइराखेको पुरानो धोतीको एक छेउले पोलेको औलालाई एकछिन् छोपिन् । एक मिनट नहुँदै हात झिकिन् र डढ्न लागेको मकै फेरि त्यही हातले फर्काइन् । म तिनै आमैले पोलेको मकै खाइरहेछु उनको छेउमा बसेर । उनलाई राम्ररी नियालँे । उनको हुलिया र बृद्ध उमेरमा पनि त्यो मेहेनत देखेर सोच्न बाध्य भएँ, कहाँ होलान् यिनका छोराछोरी र नातिनातिना ? कहाँ होला यिनको घर ? छोराछोरीले स्याहार गर्ने बेला सडकछेउमा यसरी दुख गर्नुपर्ने अबस्था कसरी आयो होला ?

अघि रेष्टुरेन्टमा छिर्ने सज्जन निस्के र आफनो गाडी लिएर लागे आफ्नो बाटो । रेष्टुरेन्टको मूल ढोकाबाट निक्कदा हातमा एउटा प्याक गरिएको खानेकुरा हातमा लिएको देखेँ । पक्कै त्यो रेष्टुरेन्टबाट उनले खानेकुरा लिएर गए सायद आफनो परिवारलाई । उनले आफनो नजर फेरि ती बूढीआमैतिर लगे । अघिको कुरा फेरि सम्भि्कएँ, “जाबो पाँच रुपैयाँ ।” ती बूढीआमैले दिनमा पचासवटा मकै बेचिन् भनेपनि त्यो पाँच रुपैयाँ फाइदाको दरले गर्ने हो भने जम्मा हुन्छ २५० । दिनमा बढीमा २५०ले उनले आफ्नो पेट पाल्दैआएकी छिन् ? र, परिवारमा अरु कोही छन् भने तिनको पनि खर्च यतिले नै कसरी चलेको होला ? गाडीवालको लागि जाबो पाँच रुपैयाँ उनको लागि कति महत्व ? त्यही पाँचपाँच रुपैयाँले त एउटा जीवन धानिएको छ ।

मैले त्यो मकै खाइसकेँ । र, लागेँ, आफनो कोठातिर । बाटोमा अरु कुरा खेल्न थाल्यो । त्यो गाडीवालले सुबिधायुक्त रेष्टुरेन्टमा सयौं खर्च गर्न सक्छ भने पाँच रुपैयाँ ती मकै बेच्ने आमैको लागि किन्न सकेन किन ? त्यो रेष्टुरेन्टमा १०० रुपैयाँ नै बढाएर बिल तयार भएपनि उसले त्यसमा त्यति बार्गेनिङ गर्दैन होला जति सडकमा दिनभर धुँवा र बुढेसकालको असक्तताबीच मकै पोल्दै गरेकी ती आमैसित गर्दैथिए । त्यो पनि पाँच रुपैयाँको लागि ।

एक मनले सोच्यो, यदि उसको आमा छन् भने एउटा पोलेको मकै लगिदिएको भए तिनले त्यो म:म:, चाउमिनभन्दा खुसी हुन्थिन् कि ? मकै पोल्ने अर्की आमै झन् खुसी । फेरि अर्को मनले सोच्यो, उसको पैसा उसको खुसी । जे खाओस्, जेसुकै लगिदेओस् आफ्नो परिवारलाई,उसको मर्जी । कोठामा पुगेँ । साँझ परिसकेकाले खाना खाएपछि बिस्तारामा पल्टिएँ । निद्रा लागेन । कानमा एउटै वाक्य गुञ्जियो, “जाबो पाँच रुपैयाँ ।” (यो कथा सामाजिक सन्जाल मार्फत लिइएको हो ।)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
१० लाख कविको कविता सङ्ग्रह ‘ग्रन्थ’ निस्कदै, सय देशबाट संकलन गरिने

ताजा

२०८३ वैशाख ०४ गते शुक्रबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नेपालमै पहिलो पटक ललितपुरमा फोहोर संकलनका लागि फोटोन टीएम १ इलेक्ट्रिक गाडि सञ्चालन

डिजेल मूल्यवृद्धिले ट्रक व्यवसायी प्रभावित, भाडा समायोजन गर्न सरकारसँग महासंघको माग

एलआरआर मोटर्सद्वारा “जिली इएक्स ५ सुपर सेल्स एण्ड एक्सचेन्ज कार्निभल” को आयोजना हुने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.