विराटनगर। पशुपन्छीं तथा मत्स्य विकास निर्देशनालय प्रदेश नं १ सरकारले आर्थिक वर्ष ७६ / ७७ को स्वीकृत वार्षिक कार्यक्रम अन्र्तगत विभिन्न कृषि कार्यक्रम संचालन गर्ने भएको छ । यसका लागि निर्देशनालयले इच्छुक कृषक, कृषि सहकारी, उद्यमी, फर्म, कृषि समिति, कम्पनीलाई सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र सुचिकृत हुन आव्हान गरेको छ ।संचालन हुने कार्यक्रमहरु:
१. मत्स्य ह्याचरी निर्माण एवं व्यवस्थापन कार्यक्रम ।
२. २००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
३. १००० लि.को चिलिङ भ्याट जेनेरेटर सहितमा अनुदान ।
४. गाई श्रोत केन्द्र स्थापना कार्यक्रम ।
५. बाख्रा श्रोत केन्द्र स्थापना कार्यक्रम ।
थप जानकारीका लागि : ०२१ – ४७०९२४
नेपाल समाचारपत्रमा प्रकाशित सूचना हेर्नुहोस ।।