यी हुन् जाडोमा स्वस्थ रहन खाने खानेकुरा
काठमाडौं । जाडोको समयमा खानेकुरामा हामी प्रायः कम ध्यान दिन्छौँ । गर्मीमा जस्तो चिसोमा खानेकुरा नबिग्रिने भनेर बासी खानेकुरा पनि प्रशस्त नै खाने गर्छौँ । यस्ता कुरामा ध्यान नदिँदा जाडोको समयमा धेरै बिरामी पर्छन् । यी कुरामा सँधै ध्यान दिनुपर्छ। जाडो याममा कसरी स्वस्थ रहने त? जाडोको समयमा कतिपय यस्ता खानेकुरा छन्, जसको सेवनबाट रोग प्रतिरोधात्मक शक्ति बढाउन र रुघाखोकीबाट बच्न सकिन्छ।
गाँजर ; उज्यालो रातो रङ भएको तरकारी, गाँजरमा धेरै मात्रामा ‘बेटा क्यारोटिन’ हुन्छ । यसबाहेक गाँजर फाइबरयुक्त हुन्छ, जसले शरीरको तौल घटाउन पनि मद्दत पुर्याउँछ । गाँजरमा अधिक मात्रामा एन्टिअक्सिडेन्ट, भिटामिन ‘के’ र कोलेस्ट्रोलको मात्रा कम हुन्छ । यसले आँखा पनि स्वस्थ राख्छ ।
अण्डा ; अण्डा यस्तो पौष्टिक आहार हो जुन हामी दिनहुँ खान सक्छौँ । शरीरमा चाहिने महत्त्वपूर्ण पौष्टिक तत्त्वहरू जस्तै जिङ्क, प्रोटिन र आइरन अण्डामा पाइन्छ । अण्डा बिहानको खाजामा खान उत्तम हुन्छ र यसलाई धेरै तरिकाले खान सकिन्छ ।
अदुवा : अदुवाले शरीरमा पुर्याउने फाइदाको बारेमा प्रायः सबैलाई थाहा छ। यसले अपचको समस्यालाई टाढा राख्नेदेखि रोग प्रतिरोधात्मक शक्तिसमेत बढाउँछ । जाडो समयमा शरीर अस्वस्थ हुने सम्भावना भएको हुँदा अदुवाको सेवन गर्नु फाइदाजनक हुन्छ । यसलाई चिया, सुप र तरकारीमा मिसाएर सेवन गर्न सकिन्छ ।
लसुन ; जाडोको समय लसुन सेवनको लागी उत्तम समय हुन्छ। काँचो लसुनमा सेलेनियम, जर्म्यानियम र सल्फाइड्रिल अमिनो एसिड हुन्छ जसले रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत गर्छ । यो प्राकृतिक एन्टिबायोटिकले युरिनरी ट्रयाकट इन्फेक्सन, ब्रोन्काइटिस, निमोनियाबाट बच्न र रक्तचाप पनि घटाउन मद्दत गर्छ। चिसोपना र फ्लुले सताउँदा लसुनको सेवन गर्न जरुरी छ, जसले शरीरलाई स्वस्थ राख्छ ।
दालचिनी ; दालचिनी क्यालसियम र आइरनको राम्रो स्रोत हो। ‘रेड ब्लड सेल’ उत्पादन र रोग प्रतिरोधात्मक शक्ति बढाउन मद्दत पुर्याउँछ। दालचिनीले मधुमेहको स्तर घटाउन पनि मद्दत गर्छ। यसलाई चिया वा कफीमा हालेर पनि सेवन गर्न सकिन्छ।
रायोको साग : रायोको साग पनि पौष्टिक आहार हो जुन हामी सँधै खान सक्छौँ । यसले क्यान्सर लाग्नबाट बचाउँछ । यो फाइबरयुक्त हुन्छ । कलेजो र रगत दुवैलाई ‘डिटक्सिफाइ’ गर्छ र कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ। यो भिटामिन ‘सी’को राम्रो स्रोत हो ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

