झिगु नेवा: सहकारीको साधारण सभा सम्पन्न
ललितपुर, पुष २७
दिपक गौतम
ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका, ६ सिद्धिपुर पहिलो बस स्टपमा अवस्थित झिगु नेवा: बचत तथा ऋण सहकारी सस्थाले आइतबार ललितपुर स्थित बुद्ध पार्टी प्यालेसमा एक कार्यक्रमका बीच आफ्नो १४ औ बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
झिगु नेवा: बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जितेन्द्र महर्जनको सभापतित्व तथा सस्थाका जेष्ठ सदस्य मंगलदास महर्जनको प्रमुख आतिथ्यमा सस्थाको १४ औ बार्षिक साधारण सभा सम्पन्न गरिएको हो ।
बार्षिक साधारण सभामा झिगु नेवा: बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष जितेन्द्र महर्जनले सस्थाको बार्षिक गतिबिधिको बारेमा परतिवेदन पेश गर्नु भएको थियो भने सस्थाका कोषाध्य आशामान महर्जनले बार्षिक आर्थिक गतिविधिको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो ।
यसै अवशरमा सस्थाका सेयर धनिहरुलाई १८ प्रतिशत लागत लाभांश वितरण गरिएको सस्थाका सचिव लक्ष्मी नारायण महर्जनले बताउनु भएको छ ।
उक्त झिगु नेवा: बचत तथा ऋण सहकारी सस्थामा २८६ जना महिला र २९९ पुरुष गरि जम्मा ५८५ सेयर सदस्य रहेका छन । सस्थाले जेष्ठ नागरिक सम्मान , शैक्षिक पुरस्कार तथा उत्कृष्ट बचतकर्ता र उत्कृष्ट ऋणी लाइ सम्मान गरेको थियो ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु




