सरकारले तोकेकै लागतमा विदेश जान के गर्ने ? यी तरिका हेर्नुहोस्
माघ ८,काठमाडौँ | के तपाई वैदेशिक रोजगारीमा जाँदै हुनुहुन्छ ? छ भने एक पटक यी कुराहरुमा ध्यान दिनुहोला जसले गर्दा तपाई ठगीमा पर्नबाट जोगिन सक्नुहुन्छ |
विदेश जानुपूर्व आवश्यक सूचनाको अभावमा विदेश जान नपाउंदै नेपाली युवाहरु देशभित्र नै ठगिने गरेका छन् | रोजगारीका लागि विदेश जाँदै हुनुहुन्छ भने राम्रोसंग बुझेर मात्र जानुपर्छ |
विदेश पठाई दिन्छु भन्दै म्यानपावरहरुले राम्रो कामको प्रलोभन देखाएर तपाईसंग चर्को रकम असुली गरिरहेका त छैनन् ? वा एजेन्टले म्यानपावरमा लगिदिन्छु भन्दै तपाइलाई प्रलोभनमा पार्दै त छैन | सावधान …सरकारले हाल एजेन्ट व्यवस्था खारेज गरिसकेको छ तसर्थ एजेन्टबाट कुनैपनि कारोबार गर्नु गैरकानुनी हो |
म कुन देश जाँदै छु,काम के हो ? भनेर सर्वप्रथम तपाइले राम्रोसंग ख्याल राखु जरुरी छ | कुनै विषयमा शंका लागेमा वैदेशिक रोजगार विभागमा सम्पर्क गर्नुपर्छ | विदेशमा पाइने काम र तलबको बारेमा जान्न म्यानपावरको मात्रै भर पर्नु पर्छ भन्ने छैन | वैदेशिक रोजगार विभागको वेवसाइट www.dofe.gov.np मा गएर जानकारी पाउन सकिन्छ |
उक्त वेवसाइटमा गएर बैदेशिक रोजगारीमा जानको लागि आफूलाई राम्रो लागेको कामका लागि आवेदन दिन सकिन्छ | भने अन्तर्वार्ताका लागि मात्रै म्यानपावर जाँदा हुन्छ | सबैभन्दा पहिले तपाइँले कुन म्यानपावर संस्थाबाट विदेश जाँदैहुनुहुन्छ, त्यो म्यानपावर कालोसूचीमा त परेको छैन ? विभागबाट इजाजत प्राप्त हो वा होइन ? भन्ने कुरामा राम्रोसंग हेक्का राख्नुपर्छ | यसका लागि विभागको वेवसाइटमा गएर चेक गर्न सकिन्छ |
अबदेखि सुरुमै म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनु आवश्यक छैन | वैदेशिक रोजगार विभागले श्रमिक छनोट प्रक्रिया अनलाइनबाटै हुने व्यवस्था गरेको छ | अनलाइन आवेदन दिँदा पासपोर्ट नम्बर राखे हुन्छ | त्यसपछि छनोट भएपछि मात्र भिसा प्रक्रियाका लागि म्यानपावर कम्पनीलाई पासपोर्ट बुझाउनुहोस् |
पैसा बुझाउनु पुर्व श्रम स्वीकृति भएको छ कि छैन ? भनेर राम्रो संग चेक गर्नुहोस | श्रम स्वीकृति लिनका लागि अनलाइनबाट आवेदन दिन सकिन्छ | आर्थिक कारोबार गर्दा वैदेशिक रोजगारीमा जानका लागि दिएको भन्ने प्रयोजन खुलाउनुहोस | म्यानपावरले लागत बढी मागेमा विभागमा उजुरी गर्न सकिन्छ |
श्रम स्वीकृति भईसकेपछि इमेलमार्फत श्रम स्टिकर पाइन्छ भने म्यासेजमार्फत मोवाइलमै जानकारी आउँछ त्यसकारण आफ्नो मोबाइलमा म्यासेज आयो कि आएन भनेर चेक गर्नुहोस |
वैदेशिक रोजगारी सम्बन्धी तपाईका कुनै उजुरी र गुनासो छ भने, श्रम मन्त्रालयको कल सेन्टर १६६००१५०००५ मा र विभागको टोल फ्री नम्बर १६६००१०९९९९ मा फोन गरेर टिपाउन सकिन्छ |
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

