नेपाल भ्रमण वर्ष २०२० रद्द गरिदै
काठमाडौं, २ चैत्र । सरकारले नेपाल भ्रमण वर्ष २०२० रद्द गर्ने भएको छ । भ्रमण वर्ष स्थगित गरेको सरकारले रद्द नै गर्ने टुंगो लगाइसकेको छ । यसको अन्तिम निर्णय भने यसै हप्ता बस्ने मन्त्रिपरिषद् बैठकले गर्ने बुझिएको छ ।
कोरोना भाइरसको संक्रमणले विश्वभर संकट आएपछि भ्रमण वर्ष रद्द गर्ने टुंगोमा सरकार पुगेको हो । सरकारको विश्वस्त स्रोतले जानकारी दिए अनुसार कोरोनाले विश्व महामारी घोषणा भइरहेको अवस्थामा रद्द गर्नुनै ठिक हो भन्ने टुंगोमा पुगिएको हो । अबको मन्त्रिपरिषद् बैठकमा रद्दको प्रस्ताव लगी निर्णयमा पुगिने स्रोतको भनाई छ ।
विश्वभर कतिपय देशले सीमा बन्द देखि आवत्जावत्मा समेत बन्देज लगाएका छन् । कतिपय देशमा मानिसहरु घरबाहिर निस्केका छैनन् ।
भ्रमण वर्ष मनाएर २० लाख पर्यटक भित्राउने सरकारको योजना थियो । तर, कोरोना भाइरसका कारण दुई महिनायता पर्यटक निकै घटेका थिए । पर्यटनको मौसम आइसक्दा व्यवसाय धराशायी भएको छ ।
सरकारले हिमाल आरोहणमा समेत एक महिनाका लागि रोक लगाएको छ । वसन्त ऋतुमा यसवर्ष हिमाल आरोहण नहुने सम्भावना रहेको छ । यसबाट सरकारले करोडौ नोक्शान पर्ने देखिएको छ ।
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

