• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ जेठ २०८३, सोमबार
२५ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • २२ घण्टा 

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन
  • २ दिन 

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा
  • २ दिन 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २ दिन 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २ दिन 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • ३ दिन 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • ३ दिन 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • ३ दिन 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • ३ दिन 

लोकप्रिय समाचार

  • १. सेन्सेइद्वारा ‘विश्वकप हेरौला अफर’ सार्वजनिक : यस्ता छन् सुविधा

  • २. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • ३. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ८. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • ९. न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव : हिमाली तथा पहाडी भागमा वर्षा हुने र तराईमा गर्मी बढ्ने

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

नयाँ संविधानको मस्यौदामाथिको सुझाव संकलनका क्रममा देशका विभिन्न ठाँउमा झडप

admin २०७२, श्रावण, ४

नयाँ संविधानको मस्यौदामाथिको सुझाव संकलन कार्यको विरोधमा जनकपुरमा व्यापक झडप भएको छ । जनकपुर उद्योग वाणिज्य संघको मुलद्वारमा सुझाव संकलन कार्यको विरोधमा उत्रिएका राजनीतिक दलका नेता र प्रहरीबीच झडप भएको हो ।
संविधानको प्रारम्भिक मस्यौदा माथि छलफल र परामर्शका लागि राजनीतिक दलहरुका प्रतिनिधिहरुलाई बोलाएता पनि प्रवेश निषेध गरी छलफलमा सरीक हुन गएका नेकपा–माओवादीका केन्द्रीय सदस्य तथा मधेश राष्ट्रिय मुक्ति मोर्चा क्रान्तिकरीका अध्यक्ष रोशन जनकपुरीप्रहरीको लाठी चार्जबाट टाउको फुटेको छ । यस्तै रेणु झा, रेणु ठाकुर, रामचन्द्र झालगायतका आधा दर्जन नेताहरु गम्भिर घाइते भएका छन् केही एक दर्जनजति नेताहरु सामान्य घाइते भएका छन् ।
त्यसैगरी तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्रलाल, सभासद डा.विजय सिंह, सदभावना पार्टीका केन्द्रीय सदस्य लाल किशोर साह, धनुषा अध्यक्ष संजय सिंह र महिला नेतृहरु माथि पनि प्रहरीहरुले लाठी चार्जबाट घाइते भाएका छन् । प्रहरीको लाठी प्रहारबाट सुशिल कर्ण गम्भिर रुपमा घाइते भएका छन् । उनको अण्डकोषमा चोट लागेपछि थप उपचारका लागि काठमाडौं पठाउने तयारी भइरहेको छ ।
संविधानको प्रारम्भिक मस्यौदा मधेश विरोधमा रहेको भन्दै विहानै देखि जउवा संघको मुलद्वारमा प्रदर्शनकारीहरुले धर्ना दिई रहेको छन् । भने अहिले सो क्षोत्र तनाग्रस्त बन्नेको छ । सो स्थानमा अहिले ढुंगा मुढा भईरहेको छ ।jhadap
मिडिया एनपिमा खवर छ त्यस्तै मेचि खवरमा को समाचार अनुसार झापाको क्षेत्र नम्बर–३ मा सुझाव संकलनका लागी सहभागी बनेका कृष्ण सिटौलाको कार्यक्रममा झडप भएको छ । झापाको बनियानी गाबिसको स्वास्थ्य चौकीको भवनमा आयोजित कार्यक्रम स्थल यतिबेला तनाबपुर्ण रहेको हाम्रा भद्रपुर सम्वाददाताले जनाएका छन् ।
राप्रपा नेपालका कार्यकर्तालाई कार्यक्रम स्थलमा प्रवेश निषेध गरिए पछी प्रहरी र राप्रपा नेपालका कार्यकर्ताबिच झडप भएको थियो । झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् । बनियानीको अवस्था तनावपूर्ण रहेको छ ।
राप्रपा नेपाल लगायतको समूहले बाहिर नारा जुलुस र प्रदर्शन गरिरहेको छ भने गेटमा ताला लगाएर हल भित्र सुझाव संकलन भइरहेको छ । प्रदर्शन र झडप भएपछि प्रहरीले संचारकर्मीलाईसमेत हल भित्र प्रवेश गर्न दिएको छैन ।
सुझाव संकलन भवनमा राप्रपा नेपालका कार्यकर्तालाई प्रवेशमा रोक लगाएपछि दुवैपक्षविच झडप भएको हो । प्रहरी र कार्यकर्ताबिच बादबिवाद भई ठेलाठेल भएपछि झडप सुरु भएको थियो । कार्यक्रम स्थलमा प्रहरीले लाठी चार्ज सुरुगरेपछि कार्यकर्ताको भाग दौड मचिएको थियो ।
भवनभित्र सुझाव संकलनकार्य जारीरहेको छ । विपक्षी कार्यकर्ताले जेनेरेटरको तार काटिदिएका छन् । भवन वाहिर कार्यकर्ताले नारावाजी गर्दै हो हल्ला गरिरहेको प्रहरीले बताएको छ । यस्तै नागरिक दैनिकले लेखेको छ, संविधानकाे मस्याैदामाथि राय सुझाव संकलनका क्रममा झडपहुँदा डिएसपीसहित १६ प्रहरी घाइते भएका छन् ।मस्याैदामाथिकाे राय सुझाव संकलनमा केही मधेसी दलका कार्यकर्ताले अबराेध गरेपछि भएकाे झडपमा १६ प्रहरी घाइते भएका हुन् । प्रहरीका अनुसार ड्यूटीमा रहेका प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुडा प्रहार गरेका थिए । यसैबीच गौरमा जारी तनावलाई नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाइ फायर र छ सेल टियरग्यास प्रहार गरेको छ। मस्यौदामाथि छलफल भइरहेकै बेला मधेसी दलहरुले नाराबाजी र तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रण गर्न प्रहरीले टियरग्यास प्रहार गरेको जनाएको छ। मधेसी दलका समर्थकहरुले छलफलमा सहभागी एमाले नेता माधवकुमार नेपालको गाडी पनि तोडफोड गरेका छन्। उनी चढ्ने बा१३च १४५१ नम्बरको गाडी तोडफोड गरेको प्रहरीले जनाएको छ। प्रदर्शनकारीले अन्य ६ वटा गाडीसमेत तोडफोड गरेका छन्।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

ताजा

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

२४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.