प्रधानमन्त्री ओलीको रचना रहेको एल्बम विमोचन
भक्तपुर, २४ जेठ : प्रधानमन्त्री केपी शर्मा ओलीलगायत गीतकार रहेको गीति एल्बम ‘समृद्ध नेपाल, सुखी नेपाली’को विमोचन गरिएको छ । मध्यपुरथिमि नगरपालिका–४ कमेरोटारको खुला ठाउँमा आज दुई सडक मानव सानुकान्छा तामाङ र मुगा कार्कीले उक्त गीति एल्बमको विमोचन गर्नुभयो ।
राष्ट्रिय युवा सङ्घ नेपालका सहसंयोजक रमेशकुमार पौडेलेको संयोजनमा तयार भएको एल्बममा प्रधानमन्त्री ओलीसहित पाँच रचनाकारको गीत समावेश गरिएको छ । एल्बममा प्रधानमन्त्री ओलीले रचना गर्नुभएको गीत ‘स्वदेशमै रोजगारी स्वदेशमै बास रोजिँदैन प्रवासलाई’ गायक शान्तिराम राई र मेलिना राईले आवाज दिनुभएको छ । त्यस्तै पौडेलले रचना गर्नुभएको ‘हेर हाम्रो हिमाल हाँसेको हेर्न खोज्यौ सुखी खुशी जनता नाँचेको’ गीतमा बद्री पङ्गेनी र मेलिना राईले आवाज दिनुभएको छ ।
रचनाकार विपिन किरणको ‘समृद्ध नेपाल, सुखी नेपाली’ बोलको गीत र पौडेलको रचना रहेको अर्को गीत ‘मुर्झिएका सपनाहरु ब्युँझायौँ तिमीले’मा भने राजेश पायल राईले आवाज दिनुभएको छ । त्यस्तै विपिन किरणको रचना रहेको अर्को गीत ‘पूर्वपश्चिम सीमातिर दुस्मनले नजर लगायो’ मा बद्री पङ्गेनी र मेलीना राईले आवाज दिनुभएको छ । किरण क्रियसनले बजार व्यवस्थापन गरेको गीतिसङ्ग्रहमा आमोश तामाङको सङ्गीत संयोजन रहको छ भने एल्बमका सबै गीतमा प्राज्ञ शान्तिराम राईले सङ्गीत दिनुभएको छ ।
प्रधानमन्त्री ओलीले राष्ट्रियताका पक्षमा लिनुभएको अडान र समृद्ध नेपाल, सुखी नेपाली बनाउन लिनुभएको पहलकदमीलाई जनतामाझ लैजाने उद्देश्यले गीतिसङ्ग्रह तयार पारिएको संयोजक पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा यहाँ रहेका ७० जनाभन्दा बढी सडक मानवलाई खाना खुवाइएको थियो । रासस File photo
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
