• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ११ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १२ घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १२ घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • १ दिन 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

बेबी कर्न र यसका फाइदा

admin २०७७, असार, २

विदेशमा धेरै वर्ष अघी देखिनै उपभोग गर्दै आइरहेको बेबी कर्न (Baby Corn) अर्थात् नानी मकै नेपालमा खासै उपभोग गरेको देखिदैन् । बेबी कर्नको पौष्टिक मूल्य र यसले स्वास्थ्यमा पुर्याउने लाभको बारेमा जागरूकताको कमीका कारण नेपालमा थोरै मानिसहरूले मात्र उपभोग गरेको देखिन्छ। त्यसैले यस लेखमा बेबी कर्नको परिचय, महत्व, पोषक तत्व र हामीले उत्पादन गर्दै आएको मकै भन्दा के भिन्नता छ भन्ने कुरा चित्रण गर्न जाँदैछु ।

तरकारी पकाएर वा सलादको रुपमा खान मिल्ने नेपालमा खासगरी सहरबजारको भोजभतेरमा मिश्रित तरकारी पकाउदा बेबी कर्न पनि पकाउने गरिन्छ ।यो हामीले लगाउदै गरेको मकैसँग मिल्दोजुल्दो छ, केवल भिन्नता भनेको बाली काट्ने अवधि वा बालीको अवधि मात्र हो। बेबी कर्न भनेको साधारण मकैको बोट हुर्कियपछी त्यसमा लाग्ने कलिला सुत्ला (Ear) हो जसलाई जुँगा (Silk) निस्केको चार वा पाँच दिनपछि त्यसमा परागसेचन (Pollination) हुनु अघि नै भाचेर उपभोग गर्न सकिन्छ।

राम्रा र ताजा बेबी कर्नका खोयाहरु हल्का सुनौलो पहेलो रंगका हुन्छन। सहायक बालीको रुपमा बेबी कर्नकै खेति गर्दा बोटको माथिल्लो भागमा लाग्ने पहिलो घोगालाई बिउको रुपमा बढ्न दिने र त्यसपछि बोटको तलतिर लाग्ने सुत्लाहरुलाई परागसेचन हुनु अगाबै बेबी कर्नका सुत्लाहरु भाच्ने गरिन्छ। विदेशमा व्यावसायिक रुपमा खेती गर्ने कृषकहरुले सुत्ला फालेर तयार पारिएको खोयालाई प्लास्टिकमा प्याक गरेर बजारमा लाने गर्दछन् जसले पर्याप्त आम्दानीलाई निम्त्याउँछ। पर्याप्त जग्गा भएका कृषकहरुले सजिलैसित “बेबी कर्नको” खेती गर्न सक्ने ठुलो सम्भावना छ जसले स्वदेशमा आयआर्जन र रोजगारिको बाटो प्रदान गर्न सकिन्छ।

बेबी कर्नको खेती गर्दा ध्यान दिनुपर्ने कुराहरुस् बेबी कर्नको खेती गर्ने प्रविधि हामीले खेती गरिरहेका सामान्य मकैसँग मिल्दोजुल्दो छ। यद्यपि उपयुक्त जातको छनोट र धान चमार हटाउनाले (Detasseling) राम्रो उत्पादनको परिणाम दिन्छ।

जातको छनोट :

अन्नको लागि सिफारिस गरिएको जुनसुकै जात पनि प्रयोग गर्न सकिन्छ। तर रामपुर कम्पोजित भन्ने जातलाई यसको लागि बढी उपयुक्त मानिन्छ।

मकैलाई खसी पर्ने (धान चमार हटाउने Detasseling) :

मुख्य बालीको रुपमा बेबी कर्नको खेती गर्दा हरेक बोटको धान चमरा मकै रोपेको ४०-४५ दिनभित्र हटाइसक्नुपर्छ, जस्ले गर्दा बेबी कर्नको गुणात्मक स्तरमा समेत सुधार भएर खोयाको आकार र तौल राम्रो हुन्छ। यसो गर्दा बोटको सबैभन्दा माथिल्लो पात (Flag leaf) लाई हानी पुराउनु हुदैन। यसले प्रकाश संश्लेषणमा (Photosynthesis) प्रमुख भूमिका खेल्छ।

बेबी कर्नले स्वास्थ्यमा पुराउने फाइदाहरु :

बेबी कर्न शाकाहारीका लागि एक स्वास्थ्यकर आहार हो। विभिन्न परिकारमा उपभोग गर्न सकिने बेबी कर्नका ९सलाद, अचार, खिर, पकैडा० केहि आवश्यक फाइदाहरू यस प्रकार छन् ।

१. प्रत्येक १०० ग्राम बेबी कर्नले मात्र २६ ग्राम क्यालोरी दिन्छ जुन अत्यन्तै न्यून हो, तर प्रोटिने र फाइबर भने २.५ र १.७ ग्राम दिन्छ जुन एकदम उच्च मानिन्छ, जसले तौल घटाउन र तपाईंको शरीरको आंकडा कायम राख्न सहयोग पुराउछ। तर जब कोर्न परिपक्व हुँदैजान्छ क्यालोरी बढ्दै र प्रोटीन र फाइबरको मात्रा भने घट्दै जान्छ ।

२. सब भन्दा चाखलाग्दो तथ्य यो हो कि यसमा शून्य (०.५ ग्राम) मात्रामा फ्याट हुन्छ, जसले तपाईंलाई तन्दुरुस्त गराउछ र यसको कम स्टार्चले तपाईंको शरीरको चिनी स्तर (Sugar Level) धान्न मद्दत गर्दछ।

३. पर्याप्त मात्रा महत्त्वपूर्ण एन्टिआक्सिडन्ट (Antioxidants) भएकाले हाम्रो छालालाई उज्यालो पार्नका साथसाथै हामीलाई जवान देखाउछ। यसलाई मसिनो गरि पिसेर छालामा लगाएमा छालाको जलन र खराबीलाई रोक्न मद्दत गर्दछ किनकि यसले शरीरमा ओसिलोपन प्रदान गर्दछ।

४. यसमा पाईने फोलिक एसिडको कारणले गर्भवती महिला को लागि राम्रो आहार मनिन्छ।

५. बेबी कर्न दुबै घुलनशील (Soluble) र अघुलनशील (Insoluble) फाइबरहरूले भरिएको हुन्छ जसले स्वस्थ पाचन प्रणालीलाई मद्दत पुराउछ।

६. पहेंलो बेबी कर्नमा परिपक्व मकै जस्तै क्यारोटीनोइड (Carotenoids) पाइने भएकाले स्वस्थ ऑखा राख्नका साथै मोतिबिन्दुको जोखिम कम गर्छ ।

लेखक : शिब न्यौपाने पृथु टेक्निकल कलेज छैटौं सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.