• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२७ बैशाख २०८३, आइतबार
२७ बैशाख २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने
  • १४ घण्टा 

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक
  • १५ घण्टा 

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १७ घण्टा 

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने
  • १८ घण्टा 

वैशाख २९ भित्रै एसइई नतिजा सार्वजनिक हुने, बोर्डको अन्तिम तयारी पुरा
  • २० घण्टा 

नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन
  • २१ घण्टा 

MAW Group has closed 100+ Bookings at Chitwan Auto Show 2026
  • २२ घण्टा 

घट्यो आज सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • २२ घण्टा 

२४ घण्टामा १ हजार ८५४ चालक कारबाहीमा : ४ चार लाख ४८ हजार राजस्व संकलन
  • २२ घण्टा 

लोकप्रिय समाचार

  • १. स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

  • २. नेपाल बैंकका ग्राहक र कर्मचारीलाई बि एण्ड बि हस्पिटलमा छुट

  • ३. प्याब्सनसहित शैक्षिक संस्थाको संयुक्त प्रतिबद्धता : सुकुम्बासी बस्ती हटाउने क्रममा प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्ने

  • ४. ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन

  • ५. नेपाल कम्युनिभर्सिटीद्वारा ‘सामाजिक नवप्रवर्तन र उद्यमशीलतामा स्नातकोत्तर’ कार्यक्रमको औपचारिक उद्घाटन

  • ६. वीरगञ्ज भन्सारमा रोकिए १४ सयभन्दा बढी मालवाहक सवारी

  • ७. बजार अनुगमनमा तीन फर्म कारबाहीमा, ७५ हजार रुपैयाँ जरिवाना

  • ८. मे महिनामा कस्तो होला त तपाईको भाग्य ? हेर्नुहोस् मासिक राशिफल

  • ९. फरवार्ड माइक्रोफाइनान्सको तेह्रौँ वार्षिक साधारण सभा सम्पन्न

  • १०. देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी क्षेत्रमा चट्याङ्गसहित वर्षाको सम्भावना

मकैबालीमा देखिने प्रमुख किराहरु र यसको ब्यबस्थापन

admin २०७७, असार, २

मकै एक प्रमुख खाद्यान्न बाली हो । यसलाइ धानपछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रुपमा चिनिन्छ । यसको उत्पादन नेपालको उच्च पहाड देखि तराइको समथर भुभागसम्म भएको पाइन्छ । बिषेशगरि बर्षे र हिउदमा यसको खेती बढी गरिन्छ । सामान्यतया मकैमा छरे देखि भाच्नेबेला सम्म  धेरै किराहरुले आक्रमण गर्छन् । एक अध्ययनले देखाए अनुसार नेपालमा मकैबालीमा ५५ थरिका किराहरले आक्रमण गरेको पाइएको छ भने जसमध्ये ५ जातका किराहरु बढी सक्रिय भएको र बढी क्षति पुर्याएको पाइएको छ ।

बर्षे भन्दा हिउदमा लगाइएका मकैमा किराहरको प्रकोप कम देखिएको छ । यसका साथै तराइ र भित्रि मधेशमा लगाएका मकैबालीमा क्षति बढि भएको पाइएको छ ।

मकैबालीमा बढी क्षति पुर्याउने किराहरुको पहिचान , क्षति तथा ब्यबस्थापन बिधि :

१. अमेरिकन फौजी किरा (American fall armyworm, Spodoptera frugiperda )

परिचय र क्षति :
अमेरिकन फौजि किरा पुतली वर्गको रात्रीचर किरा हो । बिशेषगरि यसको लार्भाले बालीमा कोतरेर खाएर नोकसान पुर्याउछ । मुख्यतया मकैबाली मन पराउने यस किराले मकै नपाए धान , गहु,कोदो आदी बालीमा क्षती पुर्याउछ । यस किराको लार्भाले मकैको पात,गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्याउछ । कलिलो अवस्थाको मकैको गुभोभित्र प्वाल पारेर खान्छ । यसका साथै बिरुवा बढदै जादा पातमा ससाना प्वालहरु देखा पर्छन । अत्याधिक आक्रमण भएको अवस्थामा मकैको पातहरमा छियाछिया भएको देखिन्छ ।

ब्यबस्थापन :
१. पुराना मकैका ठुटाहरुलाइ आगो लाएर जलाउने ।
२. मकै भाचिसकेपछि खेतबारीलाइ गहिरोसँग खनजोत गर्ने ।
३. मकै उम्रेदेखि नियमित रुपमा खेतबारीको अबलोकन गरी किराको उपस्थिती बारे बुझने ।
४. मकैलाइ कोशेबालीसँग अँन्तरबाली लगाउदा यसको प्रकोप कम हन्छ ।
५. पासो बालीको रुपमा नेपियर घाँसको प्रयोग गर्न सकिन्छ ।
६. Desmodium घाँसलाइ ( एक किसिमको गन्ध आउने घास ) मकै बाली सँग बीचमा लगाउन सकिन्छ । यसको गन्ध किरालाइ मन नपर्ने हुनाले क्षती कम गर्न सकिन्छ ।
७. पातमा सेता खाल्का प्वालहरु देखापरेमा नीमजन्य बिषादी Azadirachtin 1500 ppm ५ मिलि प्रति लीटर पानीमा मिसाएर छर्ने ।
८. मकै रोप्न अघि Imidachloprid बिषदी प्रति १ कि ग्रा बीउमा ४ मि लि का दरले बीउ उपचार गरेर रोप्दा सरुको ३ हप्तासम्मको बिरुवाहरुलाइ क्षति हुनबाट बचाउछ ।
९.  रासायनिक बिषादीहरु आलोपालो गरी मिसाएर प्रति रोपनी २५ लीटरका दरले प्रयोग गर्ने
Emamectin Benzoate  १ग्राम २.५ लीटर पानीमा राखेर स्प्रे गर्ने ।
Chlorantraniliprole  18.5% SC  १ मिलि २.५ लीटर पानीमा राखेर स्प्रे गर्ने ।
Spinosad 45% SC  १ मिलि ३ लीटर पानीमा राखेर स्प्रे गर्ने ।

२. खुम्रे किरा (White Grub , Phyllophaga rugosa )

पहिचान र क्षति

खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो । यसले मकै उम्री सकेपछि कलिलो बिरुवाको जराहरु खान्छ जसले गर्दाबिरुवाहरु बढन् सक्दैन र पछि मर्दछ । बिशेषगरि लार्भा अबस्थामा यसले बढी क्षति पुर्याउछ । लार्भा “सी” आकारका , पेटका अन्तिमसम्म सन्निएको जस्तो र राम्ररी बिकास भएका ३ जोडी खुट्टा हुन्छन् । यसले बिशेषगरि पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पुर्याएको पाइएको छ ।

ब्यबस्थापन :
१.  खुम्रेको माउले काचो गोबरमा फुल पार्दछ त्यसैले खेतबारीमा काचो गोबरमल प्रयोग गर्नुहुदैन् ।
२. बाली काटि सकेपछि खेतबारीलाई गहिरोसँग जोत्नपर्छ । यसले गर्दा माटोभित्र बस्ने किराहरु सर्यको तापले गर्दा मर्दछन र चराहरुले पनि खाइदिन्छन ।
३. यसको ब्यस्क अवस्था खपटे हो । यसता किराहरु प्रकाशखोरमा आकर्षित गरी मार्न सकिन्छ ।

४. मकै लगाउनु भन्दा पहिले माटोमा Chlorpyriphos 10 G १ के जी बीउ प्रती रोपनीका दरले माटोमा राम्ररी मिसाइ मकैमा छर्नु पर्छ ।
५. ब्यसक खपटे नियन्त्रणका लागी Chlorpyriphos 20 EC  २.५ – ३ लीटर प्रती हेक्टर १००० लीटर पानीमा मिसाइ छर्नुपर्दछ । यसलाइ सिचाइको पानीका साथ पनि प्रयोग गर्न सकिन्छ ।

३. फेद कटुवा (Cutworm,  Agrotis segetum) 

पहिचान र क्षति
फेद कटुवाका लार्भाहरु चिल्लो, ध्वाँसे रँग , ढाडमा धर्साहरु भएका हुन्छन । यसको ब्यस्क अवस्था पुतली हौ जसको रङ ध्वासे हन्छ । यसका लार्भाहरु दिउसो माटोमा लुकेर बस्छन भने रातीपख माटोबाट बाहिर निस्की बालीलाइ असर पुर्याउछ । यसले मकैको कलिलो अवस्थामा जमिनको सतहबाट काटछ र कलिलो डाँठ र पातहरु खान्छ् ।

ब्यबस्थापन :
१. राम्रोसँग पाकेको गोबर मल प्रयोग गर्नुपर्छ ।
२. बिरुवा काटेको ठाँउमा कोट्टयाएर लार्भाहरु नष्ट गर्ने ।
३. धेरै प्रभावित भएको बालीमा सिचाइ गर्ने ।
४. खडा बालीमा Chlorpyriphos 20 EC प्रती हेक्टर १००० लीटर पानीमा मिसाइ बोटहरुको जरा नजिक स्प्रे गर्ने वा सिचाइको पानीको साथमा प्रयोग गर्ने ।

४. मकैको धर्के गवारो (Striped stem borer, Chilo partellus)

पहिचान र क्षति
मकैको धर्के गवारोको लार्भाहरु लामो, खैरो , पहेलो , टाउको खैरो र पिठ्र्र्र्र्युमा ४ वटा खैरा धर्साहरु हुन्छन् । वयस्क अवस्था मझौला खालको पहेलो रँगको पुतली हुन्छ । यसका लार्भाहरुले शरुवातमा मकैको पात खान्छन र पातमा छिद् छिद् देखिन्छ । त्यसपछि लार्भाले विरुवाको गुभोमा प्वाल पारि भित्र डाँठभित्र गुदी खादै तलतिर जान्छ । यसले गर्दा डाठ खोक्रो बनाउछ । खोक्रो डाँठ भित्रबाट रातो रँग देखिन्छ र यसबाट एक किसिमको गन्ध आउछ ।

ब्यबस्थापन :
१. गवारो लागेका बोटहरुलाइ जरैबाट उखेलेर जलाउने ।
२.  मकै भाचेपछि किरा लागेको खेतबारीलाइ गहिरो गरि जोत्ने र ठुटाहरुलाइ जलाएर नष्ट गर्ने ।
३. गवारोले क्षति कम गर्ने जातहरु जस्तै रामपुर कम्पोजिट , अरुण २ , रामपुर १ , मनकामना ३ आदी लगाउने ।
४. रासायनिक मलको प्रयोग समानुपातिक तरिकाले गर्ने ।
५. पातमा गवारोको चिह्नहरु देख्ने बित्तिकै ०.००७ %  Cypermethrin प्रती लिटर पानीमा मिसाएर छर्ने ।

५. पात बेरुवा (Maize leaf folder , Marasmia trapezalis )

पहिचान र क्षती
यसका लार्भाहरु चिल्लो हरियो , गुलाबी रँगका हुन्छन् । वयस्क पुतली गाढा खैरो रँगका हुन्छन । लार्भाहरुले पातलाइ रेसमी धागोद्रारा बाध्छन् । बेरिएको पातभित्र लुकेर बसी लार्भाले पातको हरियो पदार्थलाइ खान्छ । फलस्वरुप पात सेतो र कागज जस्तो देखिन्छ । यसका साथसाथै आक्रमित पातहरुमा दिसा प्रशस्त मात्रमा देखिन्छ ।

ब्यबस्थापन :
१. सँक्रमीत बालीलाइ जलाएर नष्ट गर्ने ।
२. बालीबाट झारपात उखेली बारी सफा राख्नु पर्छ ।
३. बयस्क अवस्थाका पुतलीहरुलाइ प्रकाशखोरमा (light trap )आकर्षित गरि नष्ट गर्ने ।
४. 0.025% Methyl demeton मेटासिस्टक्स 25 EC   १ मिलि प्रती लीटर पानीमा राखेर स्प्रे गर्ने ।
५. Chlorpyriphos २ मि लि प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

नोट : रासायनिक बिषादी प्रयोग गर्दा कृषि प्राबिधिकको सल्लाहअनुसार प्रयोग गर्नु होला ।

 

लेखक : भुवन बोहरा कृषि प्रशिक्षकको रुपमा श्री लक्ष्मी माध्यमिक विघालयमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

एसईई नतिजा हेर्ने तरिका सार्वजनिक : एसएमएस, आईभीआर र वेबसाइटमार्फत नतिजा प्राप्त गर्न सकिने

बर्लीको आक्रामक विस्तार : २२ मोडेलसहित नेपालकै ठुलो रेञ्ज, नयाँ डेजर्ट र पर्सनल कुलर सार्वजनिक

२०८३ वैशाख २८ गते सोमबार हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गरिने

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.