• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

२०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

हुस्सु र कुहिरोले ढाक्यो रौतहट, चिसोले जनजीवन अस्तव्यस्त

रिहा भएपछि चितवनमा रवि लामिछानेको विशेष सम्बोधन, ‘मिल्नुपर्नेहरु अन्तिममा मिलेरै छोड्छौं’

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

मकैबालीमा देखिने प्रमुख किराहरु र यसको ब्यबस्थापन

मकै एक प्रमुख खाद्यान्न बाली हो । यसलाइ धानपछिको दोस्रो प्रमुख खाद्यान्न बालीको रुपमा चिनिन्छ । यसको उत्पादन नेपालको उच्च पहाड देखि तराइको समथर भुभागसम्म भएको पाइन्छ । बिषेशगरि बर्षे र हिउदमा यसको खेती बढी गरिन्छ । सामान्यतया मकैमा छरे देखि भाच्नेबेला सम्म  धेरै किराहरुले आक्रमण गर्छन् । एक अध्ययनले देखाए अनुसार नेपालमा मकैबालीमा ५५ थरिका किराहरले आक्रमण गरेको पाइएको छ भने जसमध्ये ५ जातका किराहरु बढी सक्रिय भएको र बढी क्षति पुर्याएको पाइएको छ ।

बर्षे भन्दा हिउदमा लगाइएका मकैमा किराहरको प्रकोप कम देखिएको छ । यसका साथै तराइ र भित्रि मधेशमा लगाएका मकैबालीमा क्षति बढि भएको पाइएको छ ।

मकैबालीमा बढी क्षति पुर्याउने किराहरुको पहिचान , क्षति तथा ब्यबस्थापन बिधि :

१. अमेरिकन फौजी किरा (American fall armyworm, Spodoptera frugiperda )

परिचय र क्षति :
अमेरिकन फौजि किरा पुतली वर्गको रात्रीचर किरा हो । बिशेषगरि यसको लार्भाले बालीमा कोतरेर खाएर नोकसान पुर्याउछ । मुख्यतया मकैबाली मन पराउने यस किराले मकै नपाए धान , गहु,कोदो आदी बालीमा क्षती पुर्याउछ । यस किराको लार्भाले मकैको पात,गुभो, घोगा तथा डाठमा समेत क्षति पुर्याउछ । कलिलो अवस्थाको मकैको गुभोभित्र प्वाल पारेर खान्छ । यसका साथै बिरुवा बढदै जादा पातमा ससाना प्वालहरु देखा पर्छन । अत्याधिक आक्रमण भएको अवस्थामा मकैको पातहरमा छियाछिया भएको देखिन्छ ।

ब्यबस्थापन :
१. पुराना मकैका ठुटाहरुलाइ आगो लाएर जलाउने ।
२. मकै भाचिसकेपछि खेतबारीलाइ गहिरोसँग खनजोत गर्ने ।
३. मकै उम्रेदेखि नियमित रुपमा खेतबारीको अबलोकन गरी किराको उपस्थिती बारे बुझने ।
४. मकैलाइ कोशेबालीसँग अँन्तरबाली लगाउदा यसको प्रकोप कम हन्छ ।
५. पासो बालीको रुपमा नेपियर घाँसको प्रयोग गर्न सकिन्छ ।
६. Desmodium घाँसलाइ ( एक किसिमको गन्ध आउने घास ) मकै बाली सँग बीचमा लगाउन सकिन्छ । यसको गन्ध किरालाइ मन नपर्ने हुनाले क्षती कम गर्न सकिन्छ ।
७. पातमा सेता खाल्का प्वालहरु देखापरेमा नीमजन्य बिषादी Azadirachtin 1500 ppm ५ मिलि प्रति लीटर पानीमा मिसाएर छर्ने ।
८. मकै रोप्न अघि Imidachloprid बिषदी प्रति १ कि ग्रा बीउमा ४ मि लि का दरले बीउ उपचार गरेर रोप्दा सरुको ३ हप्तासम्मको बिरुवाहरुलाइ क्षति हुनबाट बचाउछ ।
९.  रासायनिक बिषादीहरु आलोपालो गरी मिसाएर प्रति रोपनी २५ लीटरका दरले प्रयोग गर्ने
Emamectin Benzoate  १ग्राम २.५ लीटर पानीमा राखेर स्प्रे गर्ने ।
Chlorantraniliprole  18.5% SC  १ मिलि २.५ लीटर पानीमा राखेर स्प्रे गर्ने ।
Spinosad 45% SC  १ मिलि ३ लीटर पानीमा राखेर स्प्रे गर्ने ।

२. खुम्रे किरा (White Grub , Phyllophaga rugosa )

पहिचान र क्षति

खुम्रे किरा माटो भित्र बसी बिगार गर्ने किराहरुमध्ये सबैभन्दा बिनाशकारी किरा हो । यसले मकै उम्री सकेपछि कलिलो बिरुवाको जराहरु खान्छ जसले गर्दाबिरुवाहरु बढन् सक्दैन र पछि मर्दछ । बिशेषगरि लार्भा अबस्थामा यसले बढी क्षति पुर्याउछ । लार्भा “सी” आकारका , पेटका अन्तिमसम्म सन्निएको जस्तो र राम्ररी बिकास भएका ३ जोडी खुट्टा हुन्छन् । यसले बिशेषगरि पानी नजम्ने जग्गा, पाखोमा बढी क्षति पुर्याएको पाइएको छ ।

ब्यबस्थापन :
१.  खुम्रेको माउले काचो गोबरमा फुल पार्दछ त्यसैले खेतबारीमा काचो गोबरमल प्रयोग गर्नुहुदैन् ।
२. बाली काटि सकेपछि खेतबारीलाई गहिरोसँग जोत्नपर्छ । यसले गर्दा माटोभित्र बस्ने किराहरु सर्यको तापले गर्दा मर्दछन र चराहरुले पनि खाइदिन्छन ।
३. यसको ब्यस्क अवस्था खपटे हो । यसता किराहरु प्रकाशखोरमा आकर्षित गरी मार्न सकिन्छ ।

४. मकै लगाउनु भन्दा पहिले माटोमा Chlorpyriphos 10 G १ के जी बीउ प्रती रोपनीका दरले माटोमा राम्ररी मिसाइ मकैमा छर्नु पर्छ ।
५. ब्यसक खपटे नियन्त्रणका लागी Chlorpyriphos 20 EC  २.५ – ३ लीटर प्रती हेक्टर १००० लीटर पानीमा मिसाइ छर्नुपर्दछ । यसलाइ सिचाइको पानीका साथ पनि प्रयोग गर्न सकिन्छ ।

३. फेद कटुवा (Cutworm,  Agrotis segetum) 

पहिचान र क्षति
फेद कटुवाका लार्भाहरु चिल्लो, ध्वाँसे रँग , ढाडमा धर्साहरु भएका हुन्छन । यसको ब्यस्क अवस्था पुतली हौ जसको रङ ध्वासे हन्छ । यसका लार्भाहरु दिउसो माटोमा लुकेर बस्छन भने रातीपख माटोबाट बाहिर निस्की बालीलाइ असर पुर्याउछ । यसले मकैको कलिलो अवस्थामा जमिनको सतहबाट काटछ र कलिलो डाँठ र पातहरु खान्छ् ।

ब्यबस्थापन :
१. राम्रोसँग पाकेको गोबर मल प्रयोग गर्नुपर्छ ।
२. बिरुवा काटेको ठाँउमा कोट्टयाएर लार्भाहरु नष्ट गर्ने ।
३. धेरै प्रभावित भएको बालीमा सिचाइ गर्ने ।
४. खडा बालीमा Chlorpyriphos 20 EC प्रती हेक्टर १००० लीटर पानीमा मिसाइ बोटहरुको जरा नजिक स्प्रे गर्ने वा सिचाइको पानीको साथमा प्रयोग गर्ने ।

४. मकैको धर्के गवारो (Striped stem borer, Chilo partellus)

पहिचान र क्षति
मकैको धर्के गवारोको लार्भाहरु लामो, खैरो , पहेलो , टाउको खैरो र पिठ्र्र्र्र्युमा ४ वटा खैरा धर्साहरु हुन्छन् । वयस्क अवस्था मझौला खालको पहेलो रँगको पुतली हुन्छ । यसका लार्भाहरुले शरुवातमा मकैको पात खान्छन र पातमा छिद् छिद् देखिन्छ । त्यसपछि लार्भाले विरुवाको गुभोमा प्वाल पारि भित्र डाँठभित्र गुदी खादै तलतिर जान्छ । यसले गर्दा डाठ खोक्रो बनाउछ । खोक्रो डाँठ भित्रबाट रातो रँग देखिन्छ र यसबाट एक किसिमको गन्ध आउछ ।

ब्यबस्थापन :
१. गवारो लागेका बोटहरुलाइ जरैबाट उखेलेर जलाउने ।
२.  मकै भाचेपछि किरा लागेको खेतबारीलाइ गहिरो गरि जोत्ने र ठुटाहरुलाइ जलाएर नष्ट गर्ने ।
३. गवारोले क्षति कम गर्ने जातहरु जस्तै रामपुर कम्पोजिट , अरुण २ , रामपुर १ , मनकामना ३ आदी लगाउने ।
४. रासायनिक मलको प्रयोग समानुपातिक तरिकाले गर्ने ।
५. पातमा गवारोको चिह्नहरु देख्ने बित्तिकै ०.००७ %  Cypermethrin प्रती लिटर पानीमा मिसाएर छर्ने ।

५. पात बेरुवा (Maize leaf folder , Marasmia trapezalis )

पहिचान र क्षती
यसका लार्भाहरु चिल्लो हरियो , गुलाबी रँगका हुन्छन् । वयस्क पुतली गाढा खैरो रँगका हुन्छन । लार्भाहरुले पातलाइ रेसमी धागोद्रारा बाध्छन् । बेरिएको पातभित्र लुकेर बसी लार्भाले पातको हरियो पदार्थलाइ खान्छ । फलस्वरुप पात सेतो र कागज जस्तो देखिन्छ । यसका साथसाथै आक्रमित पातहरुमा दिसा प्रशस्त मात्रमा देखिन्छ ।

ब्यबस्थापन :
१. सँक्रमीत बालीलाइ जलाएर नष्ट गर्ने ।
२. बालीबाट झारपात उखेली बारी सफा राख्नु पर्छ ।
३. बयस्क अवस्थाका पुतलीहरुलाइ प्रकाशखोरमा (light trap )आकर्षित गरि नष्ट गर्ने ।
४. 0.025% Methyl demeton मेटासिस्टक्स 25 EC   १ मिलि प्रती लीटर पानीमा राखेर स्प्रे गर्ने ।
५. Chlorpyriphos २ मि लि प्रती लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

नोट : रासायनिक बिषादी प्रयोग गर्दा कृषि प्राबिधिकको सल्लाहअनुसार प्रयोग गर्नु होला ।

 

लेखक : भुवन बोहरा कृषि प्रशिक्षकको रुपमा श्री लक्ष्मी माध्यमिक विघालयमा कार्यरत हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
    सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

    ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति
    • ८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
    • ‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु
    • नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.