• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ जेठ २०८३, शनिबार
१६ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै
  • १६ घण्टा 

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन
  • १७ घण्टा 

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग
  • १८ घण्टा 

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
  • १८ घण्टा 

जंक फुड, इनर्जी ड्रिङ्क्स र सुर्तीजन्य वस्तुमा कर बढ्यो, ३६० वस्तुको अन्तःशुल्क खारेज
  • २० घण्टा 

बाढी, पहिरो र सडक मर्मतले देशका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण बन्द त कतै एकतर्फी सञ्चालन
  • २१ घण्टा 

२४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन
  • २२ घण्टा 

ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो
  • २३ घण्टा 

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • २३ घण्टा 

लोकप्रिय समाचार

  • १. काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

  • २. ईभीमा भन्सार शुल्क अब मूल्यका आधारमा, स्वास्थ्य पूर्वाधार शुल्क पनि थपियो

  • ३. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ४. गण्डकी प्रदेशमा उपस्थिति विस्तार गर्दै कजारिया रमेश टायल्स : दलदलेमा नयाँ शोरुम सञ्चालनमा

  • ५. देशभर पश्चिमी, स्थानीय र न्यून चापीय प्रणालीको प्रभाव : पहाडमा वर्षा, तराईमा तातो लहर

  • ६. आज दिउँसो ४ बजे बजेट सार्वजनिक हुँदै

  • ७. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ८. फिन इलेक्ट्रो–टेक २०२६ : विद्युत, प्रविधि र नवप्रवर्तनको अन्तर्राष्ट्रिय महोत्सव सुरु हुँदै

  • ९. २४ घण्टामा १,७७३ चालक कारबाहीमा, ट्राफिकबाट ६ लाखभन्दा बढी राजस्व सङ्कलन

  • १०. २०८३ जेठ ११ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

बिदेश को जागिर त्यागेर पशुफार्म संचालन

admin २०७७, असार, ११

उच्च माध्यमिक शिक्षा सकाएर काठमाडौ मा २ बर्ष सानो तिनो ब्यवसाय पश्चात स्वदेश मा भन्दा बिदेश को कमाइ राम्रो हुने सोचका साथ संयुक्त अरब इमिरेट्स प्रस्थान गरें। युएईमा गएपछी लुलु सुपरमार्केट कम्पनीमा हेल्पेरको रुपमा काम गरे। २ बर्ष पछि काम र मिहेनत को प्रशंसा देखी प्रमोसन भै स्टोर किपर अनि सुपरभाइजर पदमा नियुक्त भए। बिदेश को कमाइ संतोषजनक नै थियो। बिदेश को कमाइ भनेको क्षणिक हो भन्ने मध्यनजर राख्दै बिदेश मा बस्दा साथी भाइ हरुसंग मिलेर एउटा कमिटी खडा गरी नेपाल मै कृषि फार्म संचालन गर्ने कुरा अघि बढाइयो।सोही अनुरुप कार्य गर्ने निर्णय गर्यौ। ५/६ जनाको लागत मा बुटवल नगरपालिका सैना मैना , भाटाचौर मा फार्म चालु गरियो। जस्मा करिब ७५ वटा गाइ पालेका छौ।खासै आम्दानी को स्रोत बनाउन नसके पनि अझ ब्यवस्थित बनाउन सरकारी तवरले गर्ने सहयोग गरीदिए अझै गाइ को सन्ख्या बढाइ निरन्तरता दिने र कृषि र पशुपालन क्षेत्र लाइ सफल बनाउने दृढ संकल्प लिएका छौ।

३ बर्ष अघि प्रदेशको बसाई लाइ बिट मार्दैआफ्नै ब्यक्तिगत तवरले रुपन्देहीको मणिग्राम २ मा ५ कट्ठा जग्गा भाडामा लिइ अमृत धारा पशु तथा कृषि फार्म खोलेको छु। भनिन्छ पैसा कमाउनको लागी बिदेश नै जानु पर्छ भन्ने छाप हामी नेपाली हरु मा रहिआएको छ।तर, आग्नै देश म पनि बिदेश मा जस्तो खट्न र गर्न सक्ने हो भने मनग्य कमाइन्छ।यो म आफैले महसुस गरेको छु।

कृषि पशुपालनको लागी सरकारी अनुदान, बैंक लोन पाउने जनकारी नपाएको पनि हैन त्यस सम्बन्धि हातेमालो गर्न सकेको छैन । यी सबै प्रकृया र मापदण्ड पुर्याएर अनुदान को लागी पहल गर्न म संग प्रयाप्त समय पनि हुदैन र धेरै झन्झटिलो हुने कुरा अन्य फार्म संचालक बाट थाहा पाएको छु। त्यसैले कुनैपनी सरकारी या गैरसरकारी संघसंस्था को सहयोग बिना नै पशुपालन तथा कृषि फार्म खोलेको छु।

फार्ममा अहिले २० वटा भैसी ७ वटा गाई र १० वटा बाख्रा छन। दैनिक ९५ लिटर दुध उत्पादन हुने गर्छ। काममा आफै खटिएको छु। बिहान ४ बजे उठेर आफैले गाई भैसी दुहुन देखी कुँडो पानी स्याहार सुसार त्यस पछि दुध डेरी तथा स्थानीय उपभोक्ता को माग अनुसार पुर्याउने गरेको छु। मरुभूमि को तापराप र अर्काको अधिनमा बस्नु भन्दा जति दुख भए पनि यसमै रमाएको छु र परिवार संग बस्न पाउदा खुसी पनि छु। म सहित ६ जनाको परिवार पालिएकै छौ।
लिजमा लिएको बाकी जग्गामा त्यही उत्पादित गोबर मल बाट आफुलाइ पुग्दो अन्नबाली र मौसमी तरकारी गोलभेडा, घिरौला, कांक्रा, करेला, घ्युसिमी, लौका प्रसस्त फलाएको छु।अर्गानिक तरकारी बेच्न भ्याइनभ्याई छ।

बिश्व माहामारीको रुपमा फैलिएको कोरोना ले मुलुक आक्रान्त बनेको छ। कोरोना संक्रमण ले गर्दा लाखौ नेपाली हरु स्वदेश फर्कने आतुर छन। अरुलाइ पनि कृषि तथा पशुपालन गरी आत्मनिर्भर बन्न सकिने कुरा अबगत गराउदछु।

कृषि तथा पशुपालन पेशा आफैमा निरन्तर संघर्षको पेशा हो।कृषिमा चुनौती अनि फेरि चुनौती पुनः चुनौतीको सामना गरेरमात्र थोरै आर्जन गर्न सकिन्छ। तुलनात्मक हिसाबले अन्य ब्यबसाय भन्दा कठिन र कम नाफामुलक छ कृषि पेशा। नेपालीको कृषि नीति भाषण र योजनामा सीमित छ पहुचमा सीमित छ। कृषि त्यो पेशा हो जस्को सम्पूर्ण लगानी राज्यले गरेर नाफा कृषकले मात्र उपभोग गर्न पाउँदा बल्ल उत्पादकत्व, बजार र मुल्यमा एकरुपता आउँछ, लक्ष्य हासिल हुन्छ । अझ भनौ भने राज्यको बजेट हेर्दा कस्मेटिकमा अनावश्यक खर्च गरिएको छ मेरुदण्ड मजबुतीको लागि सानो अंस जस्तो छुट्याइएको छ भने अपेक्षा मात्र ठूलो राखिएको छ१तेहि अंश बाट अनुदानमा आश्रति कथित ठूला कृषकको मनोमानीबाट बचेको सयौं बार राखेर बास्तबिक कृषकाको नाउमा आउँछ। कागज नपुगेर फर्किन्छ वा सिमितिकरण गरिन्छ। मैले ठूलाकुरा गरेको होइन बास्तबिकता हो।आजको परिप्रेक्षमा सत्यकुरा के हो भने कृषकले राजनीतिकर्मीलाइ प्रत्यक्ष केही दिन सक्तैन प्राकृतिक रुपमा बाध्यात्मक रुपमा चलिआएको कृषिमा पिल्सिएका मान्छेको संख्या अत्याधिक छ, उनैले भोट हाल्छ्न र कृषि मन्त्रालय छ,हैन भने किन यति विधि उपेक्षा धर्तीलाई स्वर्ग,मानवलाई सबल बनाउन खाद्यबस्तु उत्पादन गर्ने एक कृषकलाई अनेक नामका किताब लेख्न पठाएर किन अपमानित गरेकोरु के बास्तबिक कृषक र उस्का समस्या उसैको खेत ,वारि, गोठ ,पोखरी ,बगैंचामै गएर पहिचान गर्न सक्ने संयन्त्र बनाउन र समाधान गर्न सकिन्न ?

अन्त्यमा नेपालको ब्याव्सायिक पशुपालन तथा समग्र कृषि क्षेत्रको बाधक भनेकै भ्रष्ट कर्मचारी हुन। भन्ने कुरा कटु सत्य हो।नीतिनियम बनाउने पनि उनिहरु काम नगर्ने पनि पनि उनिहरु कस्तो अचम्म।कृषक हरु लाइ गोठालो को रुपामा हेर्ने राज्यको दृस्ठिकोण लाइ परिवर्तन गराइ पशुपालन गर्ने कृषक भनेको राज्यको सम्मानित नागरिक हुन भन्ने भावना पैदा गराउने दायित्व सरकार को हो। दुध बिना मानब जिवन को कल्पना पनि हुन नसक्ने देशमा श्रमजीवी कृषकहरु लाइ सम्मान गर्नु पर्छ।

नोट : यो लेख लेखकको नितान्त आफ्नो विचार हो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

वैद्य अर्गनाइजेशनले पायो अल्ट्राभोइलेटको आधिकारिक बिक्रेता, एक्स ४७ क्रसओभर ल्याउँदै

खेतमा पानी हाल्ने क्रममा करेन्ट लागेर एक किसानको निधन

५० युनिटभन्दा बढी विद्युत खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन कुलमानको माग

अछाममा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.