• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, मङि्सर ०३, २०८२
मङ्गलबार, मङि्सर ०३, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने

एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन

आज एनपीएलमा दुई खेल हुँदै

दरमखोला हाइड्रोपावरबाट विद्युत् उत्पादन सुरु

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

लोकप्रिय समाचार

  • १. २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

  • ३. २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

  • ५. २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ६. २०८२ साल कार्तिक २८ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ७. सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट आजदेखि सुरु हुँदै : १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी, नि:शुल्क सहभागी हुन सकिने

  • ८. बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • ९. ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • १०. टिकटकका सेफ्टी टुल्स : १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र चलाउन पाउने

बिवाइडीद्वारा एक करोड ४० लाख गाडी उत्पादन, ब्राजिलका राष्ट्रपति लुला बने विशेष गाडीको मालिक

काठमाडौं । चिनियाँ अटो निर्माता कम्पनी बिवाइडीले एक करोड ४० लाख गाडी उत्पादन गरेको अवसरमा ब्राजिलको बाहिया राज्यको कामाकारी शहरस्थित आफ्नो सवारी उत्पादन केन्द्रमा विशेष कार्यक्रम आयोजना गरेको बताइएको छ। उक्त अवसरमा उत्पादन गरिएको सङ प्रो नामक प्लग–इन हाइब्रिड बिवाइडी कार ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भालाई हस्तान्तरण गरिएको थियो ।

बिवाइडीका अनुसार यो उपलब्धि कम्पनीको अन्तर्राष्ट्रिय विस्तारको क्रममा एक महत्वपूर्ण चरण हो । कामाकारीमा रहेको कारखाना एशियाभन्दा बाहिर बिवाइडीको सबैभन्दा ठूलो र ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो इलेक्ट्रिक सवारी उत्पादन केन्द्र हो । दक्षिण चाइना मर्निङ पोस्टका अनुसार यो परियोजनामा ५.५ अर्ब ब्राजिलियन रियाल (झण्डै ९७८ मिलियन अमेरिकी डलर) लगानी गरिएको छ ।

समारोहमा ब्राजिलका उपराष्ट्रपति जेराल्डो आल्कमिन, ब्राजिलस्थित चिनियाँ राजदूत झु छिङछियाओ, विभिन्न राज्य तथा स्थानीय अधिकारीहरू, साथै बीवाईडीका अध्यक्ष वाङ छुआनफुको पनि उपस्थिति थियो ।

समारोहमा राष्ट्रपति लुला ले भने, “चीन पछिल्ला १५ वर्षदेखि ब्राजिलको सबैभन्दा ठूलो व्यापारिक साझेदार बनेको छ, र हामी एक–अर्कालाई ग्लोबल साउथका महत्त्वपूर्ण मुलुकका रूपमा हेरिरहेका छौं”, उनले थपे, “ब्राजिलले अन्तर्राष्ट्रिय सम्बन्धमा सम्मान र निष्पक्ष व्यवहार चाहन्छ, र चीनसँगजस्तै अन्य देशहरूसँग पनि समान साझेदारी निर्माण गर्न चाहन्छ ।”

बिवाइडीका अध्यक्ष वाङ छुआनफुले भने, “हामी ब्राजिलमा ११ वर्षदेखि सक्रिय छौं । आज यहाँ बिवाइडीका विद्युतीय बसहरू सामान्य देखिन्छन् । ब्राजिलमा हाम्रा एक लाख ७० हजारभन्दा बढी ग्राहकहरू छन् र दुई वर्षदेखि हामी यहाँको बिवाइडी बजारको अग्रणी बिक्रेता रहेका छौं ।”

बिवाइडीले यो उपलब्धिलाई आफ्नो वैश्विकरण अभियानको नयाँ अध्याय भनेको छ । कम्पनीले अबका दिनहरूमा स्थानीय उत्पादन संयन्त्रसँगै अन्तर्राष्ट्रिय विस्तारलाई अझ सुदृढ गर्ने तथा इनोभेसन, विद्युतीकरण र दिगोपनतर्फ सवारी उद्योगको रूपान्तरणलाई अगाडि बढाउने प्रतिबद्धता जनाएको छ ।

हालसम्म बिवाइडीका छ वटा विदेशी कारखाना छन् । जसमा ब्राजिल, थाइल्याण्ड, हंगेरी, उज्बेकिस्तान, मलेसिया र कम्बोडियामा बिवाइडीका कार उत्पादन भइरहेका छन् । ब्राजिलमा मात्र कम्पनीले तीन वर्षभित्र एक लाख ७० हजारभन्दा बढी सवारी बिक्री गरिसकेको बताइएको छ । सेप्टेम्बर २०२५ मा मात्रै १० हजारभन्दा बढी सवारी बिक्री भएको छ भने जनवरीदेखि सेप्टेम्बरसम्म ७७ हजारभन्दा बढी बिक्री भएको बिवाइडीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    एलआरआर मोटर्सद्वारा सोमार्जुन मोटर्स् अधिकृत डिलर नियुक्त : बुटवलमा नयाँ शो–रूमको औपचारिक उद्घाटन
    आज एनपीएलमा दुई खेल हुँदै

    लोकप्रिय

    २०८२ साल कार्तिक २६ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    बोस्च पावर टुल्स द्वारा दराजमा ११.११ अफर सार्वजनिक : १५% सम्म छुट, जर्मन इन्जिनियरिङ्ग मात्र रु ११ मा

    २०८२ साल कार्तिक २७ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    आईजीपी कार्कीको पहिलो निर्णय : सईसम्मका प्रहरीका लागि सहुलियत कर्जा वृद्धि

    २०८२ साल मंसिर ०१ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    ताजा

    नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा

    दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक

    ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान

    सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • नबिल बैंकको प्रतिकित्ता ३०१ रुपैयाँमा संस्थापक शेयर बिक्रीमा
    • दुर्गा प्रसाईंलाई छाड्न अल्टिमेटमको माग राख्दै राष्ट्रिय परिचयपत्र विभागको वेबसाइट ह्याक
    • ज्योति विकास बैंकद्वारा सुदूरपश्चिम प्रदेशका दुर्गम क्षेत्रका स्वास्थ्य चौकीहरुलाई बेबी वार्मर प्रदान
    • सुनको मूल्य तोलामा तीन हजार आठ रुपैयाँले घट्यो,कतिमा हुँदैछ कारोबार ?
    • सेवा हाइड्रोले पनि आईपीओ निष्कासन गर्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.