यस्तो छ ‘विण्डोज १०’ को आकर्षण फिचर
माइक्रोसफ्टले विण्डोज १० नेपाली सयम अनुसार साउन १३ गते राती सार्बजनिक गरेको छ । विण्डोज ७, ८ र ८.१ चलाउदै आएकाहरुले एक बर्षसम्म निशुल्क विण्डोज १० अपग्रेड गरेर प्रयोग गर्न पाउनेछन् । विण्डोज ८ को तुलनामा १० मा करिब आधा दर्जनबढी नयाँ एवं अपग्रेडेट फिचरहरु उपलब्ध छन् । उपलब्ध ती फिचरहरुले प्रयोगकर्तालाई थप आकर्षित गर्ने पक्का छ ।
नयाँ स्टाँट मेनु: विण्डोज १० मा नयाँ तथा परिमार्जित स्टार्ट मेनुको फिचर थप गरिएको छ । स्टार्ट मेनुसँगै प्रयोगकर्ताले सर्च बटम पनि पाउनेछन् । मौसम अवस्था, क्यालेन्डर, अलर्ट नोटिफिकेशन लगायतका सुविधा स्टार्ट मेनुबार हुदै प्रयोग गर्न सकिन्छ ।
कोर्टाना : भ्वाइस कमाण्डबाट कम्प्युटर चलाउन सकिने सुविधा हो कोर्टाना । विण्डोज १० मा प्रयोगकर्ताले बोलेरै कम्प्यूटरलाई प्रयोग गर्न सक्नेछन् ।
बायोमेट्रिक फिचर : औँठा छाप लगाएर, आँखाको नानी र अनुहार चिनेर मात्र कम्प्युटर खुल्ने फिचर विण्डोज १० मा उपलब्ध छ । स्मार्ट मोबाइलमा प्रयोग हुदै आएको यो सुविधा अब विण्डोज १० मार्फत कम्प्युटरमा पनि प्रयोग गर्न सकिन्छ ।
स्मार्ट स्त्रिन : डिभाइस अनुसारको लेआउट परिवर्तन हुने सुविधा विण्डोज १० मा छ । साधारण कम्प्युटरमा मेनु सानो र टच स्त्रिनमा ठुलो हुने यसको विशेषता हो । टच स्त्रिन फिचर भएको ग्याजेट्समा विण्डोज १० को स्मार्ट स्त्रिनले झनै आकर्षण बढाएको छ ।
टास्क भिउ : विण्डोज ८ र ८.१ प्रयोग गर्दै आएकाहरुलाई थाहा नै छ डेस्क्टपमा दुई वटा सम्म फाइल डिस्प्ले गरेर दुवै फाइलमा काम गर्न सकिन्थ्यो तर विण्डोज १० मा त्यो भन्दा पनि बढी पनि फाइलहरुलाई एकै पटक डेक्सटपमा डिस्प्ले गराएर काम गर्न सकिन्छ ।
बेवपेज इडिट : विण्डोज १० मा बेवपेज इडिट गर्न सकिन्छ । विण्डोज १० मा भएको नयाँ ब्राउजको सहायताले बेवपेज इडिट गर्दै डिजिटल पेनको सहयोगमा बेवपेजमा नोट लेख्न पनि सकिन्छ ।
न्यू सेटिङ मेनु : विण्डोज १० मा स्टाट मेनुबाटै सेटिङ मेनुमा गएर सेटिङको काम गर्न सकिन्छ । यसको डिजाइन पनि नयाँ र आकर्षक छ ।
मेल एप : माइक्रोसफ्टको इमले प्रयोग गर्दै आएकाहरुलाई विण्डोज १० को मेल एपले अझ प्रयोगमा सुविधा दिएको छ । इमेललाई स्क्रोल गरेर सम्पुर्ण मेलहरु सहजै चेक गर्न सकिन्छ ।
विण्डोज १० को नयाँ फिचरहरु यती मात्रै हैन । अन्य फिचरहरु पनि छन् जसले प्रयोगकर्तालाई थप आकर्षण गर्ने निश्चित छ । भिडियोमा हेर्नुस् :
[su_youtube url=”https://youtu.be/teoZk3QEc40″]
मेरो कलम बाट
सम्बन्धित समाचार
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
तीजदेखि ऋषिपञ्चमीसम्म: परम्परा, चेतना र परिवर्तनको यात्रा-क्षितिज विक्रम खनाल
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
ट्रेन्डिङ
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
१६ सिट क्षमताको विद्युतीय मिनिबस म्याक्सस ईडेलिभर ५ नेपालमा सार्वजनिक, मूल्य ६९ लाख ५० हजार रुपैयाँ

