• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        मङ्गलबार, असार १७, २०८२
मङ्गलबार, असार १७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

२०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

देशभरका ८ कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप : फोटोन टुनल्यानड जी७

आईएमई डिजिटल र खल्ती मर्जर सम्पन्न, ‘आईएमई खल्ती लिमिटेड’ को रुपमा साउन १ देखि कारोबार सुरु

ब्राड पिटको एफ–१ ले कमायो पहिलो सातामा १४४ मिलियन डलर, बनायो रेकर्ड

नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश, नबिल ग्रीन विक मनाइँदै

लोकप्रिय समाचार

  • १. २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • २. २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ३. २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ४. २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार १५ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. बढ्यो सुन–चाँदीको भाउ,कतिमा हुँदैछ कारोबार?

  • ८. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ९. आजको मौसम: आज देशैभरी भारी वर्षा हुने

  • १०. १२ जिल्लामा भारी वर्षाको जोखिम

किवि खेती प्रविधि

व्यवसायिक रुपमा तरकारी र अन्न बालीको उत्पादन गर्दै आएका हामी नेपाली कृषकको लागि किवी फल खेती हाल नेपालमा विस्तार लोकप्रिय हुदै आएको छ । यो फल धेरै पोष्टिक तत्वले भरिपुर्ण भएको विभिन्न अनुसन्धानले देखाइरहेको छ । यसको नियमित सेवनले मधुमेह, मुटुसम्वन्धी रोगहरु, मांशपेशिय क्षय, मोटोपना र दम जस्ता रोगहरुबाट टाढा राख्छ । सबै उमेर समुहका व्यक्तिहरुका लागि उपयुक्त फल गर्भवती महिलाको लागि बढी फाइदा जनक हुन्छ । यसको फलबाट जुस, जाम र अन्य पेय पदार्थ बनाई उपयुक्त समयमा खान सकिन्छ ।

हाल नेपालमा व्यवसायिक रुपमा किवी खेती गरिदै आएको छ । काभ्रे, इलाम लगायत अन्य जिल्लाका कृषकहरुले किवीको व्यवसायिक खेती गर्दै आएका छन् । इसिमोडले गोदावरीमा किवीका विभिन्न जातका बारेमा अनुसन्धान समेत गर्दै आएको छ । यसको व्यवसायिक खेतीबाट बैदेशिक रोजगारी बाट फर्किएका युवाहरु तथा स्वदेशमै कृषिको क्षेत्रमा काम गर्न इच्छुक युवाहरुको लागी स्वरोजगारको वातावरण समेत श्रृजना हुन्छ । यो देशका ेअर्थतन्त्रको विकास गर्न समेत सहयोग पुग्नेछ । युवाहरुको लागी किवी खेतीको प्राविधिक ज्ञान दिएमा खेर गएको जमिनका ेसदुपयोग हुनुको साथै आम्दानी समेत हुने देखिन्छ ।

किवीफल लहरामा फल्ने बहुवर्षीय, हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्तर्गत पर्दछ । किवी फलको बहुउपयोगी गुणले गर्दा संसारको सबै फलफूल भन्दा उत्कृष्ट फलको रुपमा चिनिएको छ । यो फलको खेती तथा उपभोग दर विस्तार हुँदैछ । यसलाई शुरुमा चाइनिजमा गुजबेरी भनिन्थ्यो भनेपछि न्यूजील्याण्डको राष्ट्रिय चरा किवीको नामबाट यस फलको नामाकरण कीवी गरिएको हो । नेपालको पूर्वी पहाडी जिल्लाहरुमा धेरै समय अगाडिदेखि खुवाइने गरेको र फल अचारको रुपमा पनि प्रयोग हुँदै आएको छ ।
यस फललाई नेपाली भाषामा ठेकी फल भनिन्छ भने शेर्पा भाषामा फेमियाल्दो भनिन्छ । हालसम्म बिश्वमा ७६ प्रकारका किवी फलका प्रजातिहरुको पहिचान भैसकेको छ । यस फलको उत्पत्ति स्थल चिनको याङ्गजे नदिको नजिकै हो ।

महत्व :
किवी फलमा मानव शरीर स्वस्थ रहनको लागि अति उपयोगी खाद्य तत्व धेरै परिमाणमा रहेको छ । किवी फलमा पाइने एक्टिनिडिन नामक इन्जाइमले पाचन प्रक्रियामा सहयोग गर्दछ । यसमा प्रशस्त मात्रामा रेशा पाइने भएकोले पाचन प्रक्रिया तथा आन्द्रामा समस्या आउन दिदैन । मुटु तथा उच्च रक्तचाप, दम र डाइबेटिज रोगीका लागि यो फल उपयोगी मानिन्छ । हालको बजार स्थिती विश्लेषण गर्दा सबै फलफूल भन्दा धेरै आम्दानी दिने फल मध्ये किवी फल हो । यो फल रोपेको चौथो बर्षदेखि नै केहि आम्दानी दिन शुरु गर्दछ र प्रति बोट कम्तिमा पनि सरदर ५० केजी फल्दछ ।

हावापानी :
नेपालको सन्दर्भमा १२०० मिटरदेखि माथी २४०० मिटरसम्मको उचाईमा किवी फलको खेती गर्न सकिन्छ । किवी बगैंचा स्थापना गर्नुपर्ने जग्गा धेरै उचाईमा हुनुपर्छ भने दक्षिण तर्फ पहाडको मोहडा उपयुक्त हुन्छ । १२०० देखि १६०० मिटर उचाई भएको स्थानमा उत्तर पूर्व फर्केको मोहडा राम्रो मानिन्छ । असिना पर्ने स्थानमा यसको खेती गर्दा असिना अवरोधक नेटको प्रयोगबाट फल जोगाउन सकिन्छ । यो फल चिसो हावापानी मा राम्रो हुन्छ ।

फागुन चैत्र महिनामा तापक्रम बृद्धि हुँदै जाँदा कलिलो मुना पलाउन शुरु गर्दछ, मुनाहरुमा मुनाहरुमा फूल फुल्दछ, फल लाग्न सुरु हुन्छ, हागाँहरुको वृद्धि हुन्छ र असोज, कार्तिक लागेपछि वृद्धि रोकिन्छ । मंसिर, पौष महिनामा तापक्रम घट्न थालेपछि यसको पात झर्दछ र सुषुप्त अवस्थामा जान्छ । किवीफलको नयाँ पालुवा पलाउनको लागि चिसो तापक्रम हुनुपर्दछ । हिउँद महिनामा औषत न्यूनतम तापक्रम १३ देखि १४ डिग्री सेल्सियस र औषत अधिकतम तापक्रम १३ देखि २५ डिग्री सेल्सियस किवी खेतीको लागि उपयुक्त मानिन्छ । बार्षिक बर्षा १५०० देखि २००० मिलिमिटर र ७६ देखि ७८ प्रतिशत सापेक्षिक आद्रता किवी खेतीको लागि उपयुक्त मानिन्छ ।

माटो :
किवी फलको जराहरु धेरै गहिरो नजाने जमिनको माथिल्लो सतहमा फैलिने हुँदा जरा बढ्नको लागि माटो हलुका हुनु पर्दछ । आवश्यक मात्रामा कम्पोष्टमल व्यवस्थापन गर्न सकेमा सबै प्रकारको माटोमा यसको खेती गर्न सकिन्छ । प्रशस्त प्राङ्गारिक पदार्थ भएको बलौटे दोमट माटो र सिंचाइ तथा निकासको राम्रो व्यवस्था भएको जमिन यसको लागि उपयुक्त हुन्छ । माटोको पिएच ५.५ देखि ६.५ सम्म भएको मानिन्छ ।
किवी फलका नेपालमा पाइने जातहरु :
हरियो गुदि भएका पोथी जातहरु : हेवार्ड, एलिसन, मोन्टी, ब्रुनो र एवोट
भाले जातहरु : मचुवा र टिमोरी
पहेलो गुदि भएका जातहरु : जेस्पिरी गोल्ड
रातो गुदि भएका जातहरु : रेड किवि (पोथी) कोहि किवी (भाले)
विरुवा रोप्ने समय :
किवी फलको विरुवा हिउँद महिनामा पात झर्ने भएकोले हिउँदे तथा पतझर फलफूल अन्र्तगत पर्दछ । पौष र माघ महिना किवीका विरुवा रोप्नु पर्दछ ।

विरुवा रोप्ने खाडलको तयारी :
किवीफलको बगैंचा स्थापनाको लागि जमिन छनौट गरिसकेपछी गह्रा र काल्लाको सरसफाई गरि खनजोत गर्नु पर्दछ । विरुवा रोप्नु चार, पाँच हप्ता अघि ३ फिट चौडा र ३ फिट गहिरो खाडल खन्नु पर्दछ । खाडल भन्दा आधा भागको र तल्लो आधा भागको माटो छुट्टा छुट्टै खन्नु राख्नु पर्दछ ।
विरुवा रोप्नु अघि ४० किलोग्राम राम्ररी पाकेको गोबरमल, ५० ग्राम युरिया, १०० ग्राम डि.ए.पी. र १०० ग्राम पोटास साथै उपलब्ध भए सम्म १ किलोग्राम खरानी खाडल खन्दा निस्केको माटोमा राम्ररी मिसाउनु पर्दछ । खाडल पुर्दा मल मिसाएको माथिल्लो भागको माटो तल र तल्लो भागको माटो माथि राखेर खाडल पुर्नु पर्दछ । पुरेपछी माटो बस्ने भएकोले खाडल पुर्दा जमिनको सतह भन्दा एक वित्ता जती अग्लो बनाउनु पर्दछ र चिनो लगाउन खाडलको विचमा सानो लठ्ठी गाड्नु पर्दछ ।

विरुवा रोप्ने तरिका :
किवीफलको बोटमा भाले र पोथी फुल अलग अलग बोटमा फुल्ने भएकोले भाले र पोथी बोटको अनुपात मिलाएर रोप्नु पर्दछ । सामान्यतया ८ वटा पोथी बोटको विचमा १ वटा भाले बोट लगाउने चलन भएता पनि ५ वटा पोथी बोटको विचमा १ वटा भाले बोट लगाउन राम्रो मानिन्छ । पहिले भाले विरुवा रोप्ने र भाले विरुवालाई विचमा पारेर पोथी विरुवा रोप्नु पर्दछ । विरुवा रोप्दा खाडलको विचमा जरा नदोब्रिने गरी रोप्नु पर्दछ । माटोले पुर्दा विरुवाको ग्राफ्टिङ गर्दा जोडेको भाग पर्नु हुदैन, रोपिसकेपछी फेदको माटो राम्ररी थिचेर खर पराल वा सुकेको झारपातले छापो हाली दिनुपर्छ । विरुवालाई दह्रो गरी अड्याउन ६—७ फिट लामो बाँसको भाटोले टेको दिएर हल्का गरी बाँध्नु पर्छ । त्यसपछि माटो भिज्ने गरी पानी हाली दिनु पर्दछ ।
मलखाद व्यवस्थापन :
किवी बोटको र पातको आकार ठूला, साना र धेरै जरा, छिटो र लगातार बढ्ने तथा धेरै फल फल्ने स्वभाव भएकोले यसलाई प्रशस्त मलखादको आवश्यकता पर्दछ । किवी फलको लागि पहिलो बर्ष प्रति बोट ३० के.जी. गोबरमल, १०० ग्राम युरिया, २०० ग्राम डिएपी र १५० ग्राम पोटास, दोश्रो बर्ष प्रतिबोट ३० के.जी.गोबरमल, २०० ग्राम युरिया, ३०० ग्राम डिएपी र ३०० ग्राम पोटास, तेस्रो बर्ष प्रतिवोट ६० के.जी गोबरमल, ५०० ग्राम युरिया, ५०० ग्राम डिएपी र ४०० ग्राम पोटास र चौथो वर्ष देखि ६० के.जीं गोबरमल, ५०० ग्राम युरिया र ५०० ग्राम डि.ए.पि र ५०० ग्राम पोटासको हरेक वर्ष फुल फुल्नु भन्दा अगाडीको समय देखि मिलाएर हाल्नु पर्ने हुन्छ । सबै गोबरमल, डिएपी, पोटास र आधा भाग युरिया विरुवाको फेद वरिपरी खनजोत गरी गोलाकार रिङ्गमा छरेर माटोले पुरी सिंचाई गरी दिनु पर्दछ । बाँकी आधा भाग युरिया असार साउन महिनामा प्रयोग गर्नु पर्छ ।

सिंचाई र निकासको प्रबन्ध :
किवीको पात जमिनको माथिल्लो सतहमा हुने साथै साना र धेरै जरा तथा काण्ड नरम हुने भएकोले यसको वृद्धि र विकासका लागि माटोमा उपयुक्त चिस्यान रही रहनु पर्छ । साथै विरुवाको फेदमा पानी जम्न दिनु हुदैन । बिरुवा सारेपछी तुरुन्त सिंचाई गर्नु पर्दछ । चैत र बैशाखमा नयाँ पालुवा पलाउने र फूल फूल्ने तथा फल लाग्न– भएकोले सिंचाइको आवश्यकता हुन्छ । असार, साउन र भदौ महिनामा बढी पानी पर्ने भएकोले बगैंचामा निकासको राम्रो व्यवस्था मिलाउनु पर्दछ ।

गोडमेल तथा विरुवाको स्याहार सम्भार :
किवीफलको बोटको पात पौष माघमा झर्छ, यस समयमा जराहरु निस्कृय अवस्थामा रहने भएकोले यो गोडमेल गर्ने उपयुक्त समय हो । यस बेला बोट वरीपरीको झारपात हटाएर धेरै गहिरो नहुने गरी खनजोत गर्ने र सिफारिस मात्रामा मल हाली माटोले पुरी छापो हाली सिंचाई गर्नु पर्दछ । यसै गरी असार साउनमा पनि झारपात हटाएर धेरै खनजोत गरी मल हालेर छापो दिनु पर्दछ । यो देखि बाहेक आवश्यकता अनुसार झारपातको प्रकोप हेरेर बोट वरिपरीको झारपात हटाउनु पदैछ ।

बोटलाई थाक्रो दिने :
किवी बोट लहरा जाने र थाँक्रो चाहिने भएकोले करिव ६—७ फिट अग्लो भएपछि माथी पट्टी ‘टि’ आकारको जि आई पाइप गाडेर कम्तीमा ३ लाइन मोटो तार टाँगी दिनु पर्दछ । यसो गर्दा किवीको लहरा तार माथि फैलने हुनाले फल टिप्न र अन्य व्यवस्थापनको काम गर्न सजिलो हुन्छ ।

किवीको तालिम :
विरुवालाई आवश्यका अनुसार आकारमा ल्याउनुलाई किवी बोटको तालिम भन्ने बुझिन्छ ।
प्रथम वर्ष : किवी छिटो छिटो बढ्ने विरुवा भएकोले पौष माघमा रोपेको विरुवा असार सम्ममा अग्लो भइ सक्छ । शुरुमा एउटा मात्र मुना राखेर फेदबाट पलाएका सबै हाँगा हटाउनु पर्दछ । यसरी काटेको ठाँउबाट पलाएका २ वटा मुनालाई २ तिर मुख्य हाँगाको रुपमा बढ्न दिनु पर्दछ ।
दोश्रो, तेश्रो र चौथो बर्ष : पातको अगाडी फेदबाट कोपिला बढ्न शुरु हुन्छ र यहि मुनालाई फल्न हाँगाको रुपमा विकास हुन दिनु पर्दछ । मुख्य हाँगामा प्रत्येक ४० से.मि. मा यस्ता फल फल्ने हाँगाहरु विकास गराई डोरीले तेर्सो गरी बाँधी दिनु पर्दछ । सिधा माथी आकाश तिर बढेका हाँगाहरुमा कम फल फल्ने हुनाले यस्ता हाँगाहरु हटाउने, टुप्पोतिर बटारिएका र बढी हाँगाहरु हटाउनु पर्दछ ।
किवीको काँटछाँट : किवीफलको पात पौष माघमा झर्छन साथै बोट सुषुप्त अवस्थामा जान्छ र यस समयमा अनिवार्य रुपमा काँटछाँट गर्नु पर्दछ । पौष माघमा एक वर्ष पुराना हाँगाहरुबाट पलाएका पालुवाहरुमा मात्र फूल फुल्ने र फल फल्ने गर्दछन् । किवीफलको लहराहरु एक वर्षमा ३–४ मिटर सम्म बढ्ने र फल फल्ने कोपिला हाँगाको फेदमा मात्र पलाउने भएकोले माथीको लामो भाग सबै काटेर हटाउनु पर्छ । हिँउदे काँटछाँट गर्दा बर्ष भरी पलाएका हाँगाहरुको ७५ प्रतिशत भाग हटाउनु पर्दछ । फल फलिसकेपछी काम नलाग्ने बाङ्गा, सुकेका रोगकिरा लागेका हाँगा काटेर हटाई नयाँ हाँगाको विकास गराउनु पर्दछ ।

बर्षे काँटछाँट :
विरुवाले प्रशस्त मलजल पाए पछि असार साउन सम्ममा बोटको हाँगा तथा मुल काण्डबाट फूल नफुल्ने धेरै हाँगाविगाहरु पलाउछन र यस्ता हाँगा विगाहरु धेरै भएमा बोट अव्यवस्थित झाडीमा परिणत हुन्छ ।
बर्षा याममा बोटको हाँगा तथा मूल काण्डबाट हलक्क बढेका सप्रिएका मोटा र राम्रो देखिने हाँगाहरु पलाउछन् । बाङ्गा, सुकेका, रोगकिरा लागेका हाँगा, टुप्पो तिरका हाँगाहरुलाई पनि हटाउनु पर्दछ ।

रोग किरा व्यवस्थापन :
किराहरु :
पात बेरुवा झुसिलकिरा : पुतलीले पातको माथिल्लो सतहमा फुल पार्छ र लार्भा अवस्थामा कलिला पातहरु, मुना तथा कलिला वा चिचिला अवस्थाको फलको बोक्रालाई क्षति पु¥याउँछ । फलको आकारलाई विक्रित बनाउँछ । यो किरा नियन्त्रणका लागी साइपरमेथ्रीन २ मिली लिटर १ लिटर पानीमा मिसाएर स्प्रे गर्नुपर्दछ । नियमित काँटछाँटबाट पनि केहि प्रकोप कम गर्न सकिन्छ ।
कत्ले किरा : यो किरा धेरै मसिनो खरानी देखि खैरो रंगको हुन्छ । यसले डाँठ, पातको मध्य नशामा र फलको रस चुसी नोक्सान पुर्याउछ । यो किरा नियन्त्रणको लागि रोगर विषादी १.५ मिलीलिटर १ लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।
फड्के किरा : यसले मह जस्तो गुलियो पदार्थ निकाल्छ जसले गर्दा सुटी मोल्ड नामक ढुसी पैदा भई पात, डाँठ र फललाई कालो बनाउँछ । यो किरा नियन्त्रणको लागि रोगर विषादी १.५ मिलिलिटर एक लिटर पानीमा मिसाएर स्प्रे गर्ने ।

रोगहरु :
जरा कुहिने रोग : यो रोग ढुसीको आक्रमणले हुन्छ । यो रोगले जरा कुहिन गई विरुवा बढ्न नसक्ने, बढी रोगको संक्रमण देखिएमा विरुवा मर्ने सम्भावना हुन्छ । पानी जम्ने अवस्था, ओसिलो जमिनमा यसको प्रकोप ज्यादा हुन्छ । पानीको निकास नहुने जमिनमा खेती नगर्ने, माटो उठाई विरुवा रोप्ने, विरुवा रोप्दा, गोडमेल गर्दा जरा र फेदमा चोट पटक नलगाई होसियारी पुर्वक गर्ने । विरुवाको फेदमा चोट देखिएमा मेन्कोजेव नामक औषधी लगाउने ।
बोट्राइटिस : यो रोग ढुसीको कारणले हुन्छ । खास गरि लहरा बढी भए बोट झांगियो भने वा वाफिलो अवस्था लामो समयसम्म रहयो भने यो रोग लाग्दछ । शुरुमा फलको भेट्नो जोडिएको स्थानमा खरानी रंगको ढुसी देखिन्छ पछि फलमा खरानी रंगको खैरो ढुसी फैलिन्छ र आक्रमण बढ्दै गएपछी फल चाउरिन्छ । पात र मुनामा पनि डढाउने लक्षण देखाउँछ । ओसिलो अवस्था श्रृजना हनु नदिनको लागी हिँउद र बर्षामा गरिने काँटछाँट राम्ररी गर्ने । बगैचा सरसफाईमा विशेष ध्यान दिने । फल लाग्न थालेपछि र फल टिप्नु भन्दा १ महिना अघि ढुसी नाशक विषादी छर्कनु पर्दछ ।
थोप्ले रोग : वर्षा र शरद याममा विभिन्न प्रकारका ढुसीको संक्रमण बढेमा पातमा थोप्ला देखा पर्दछ र पात झर्ने, फलको गुणस्तरमा प्रभाव पर्ने र उत्पादन घट्ने हुन्छ । यस्तो समस्या देखिएमा ढुसी नाशक विषादी स्प्रे गर्ने ।
फल टिपाइ तथा भण्डारण : किवी फल विरुवा सारेको ४ बर्षमा पूणरुपमा फल्न थाल्छ । फल काटेर हेर्दा बियाँ कालो भएको भए फल टिप्न योग्य भएको मानिन्छ । किवीफल कार्तिक मंसिरमा फल छिप्पिए पछी टिपिन्छ । फल टिप्दा हाँगा नभाचिने गरी हात वा फल टिप्ने कैचीले टिप्नु पर्दछ । औलाले छाम्दा गिलो भएपछी पाकेको मानिन्छ र बोक्रा हटाएर खानको लागि प्रयोग गरिन्छ । राम्रो सँग स्याहार भएमा प्रतिरोपनी ७५० देखि १००० केजी सम्म प्रतिवर्ष उत्पादन लिन सकिन्छ ।

लेखक : टंकप्रसाद ढुंगाना
कृषि प्राविधिक

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
    सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
    स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

    लोकप्रिय

    २०८२ साल असार १४ गतेदेखि २० गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १३ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १४ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १२ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १६ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो

    यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

    महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा

    सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • सवारी साधन आयात, उत्पादन तथा जडान सम्बन्धी प्रस्तावित निर्देशिकामा नाडाको चासो
    • यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव : यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव
    • महालक्ष्मी विकास बैंकद्वारा पूर्ण डिजिटल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
    • सिरहा १८ प्रतिशत मात्र धान रोपाइँ, अकासे वर्षाको पर्खाईमा किसान
    • २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.