Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

घट्यो सबै विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् आजको दररेट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, भाद्र, १०
घट्यो सबै विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् आजको दररेट

भदौ १०, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विदेशी मुद्राको विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ११९ रुपैयाँ २२ पैसा रहेको छ । युरो एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ८९ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी, पाउण्ड एकको खरिददर १५५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १५६ रुपैयाँ २१ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र बिक्रीदर २८ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७४ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३२ रुपैयाँ २९पैसा र बिक्रीदर ३२ रुपैयाँ ४६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३८७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ७४ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३१६ रुपैयाँ २३ पैसा रहेको छ ।

Top Changing Nepal

युट्युब सट्स