Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

नयाँ कमेडी सिरियल ‘कुचिकार’को प्रशारण सुरु

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, फाल्गुन, ९
नयाँ कमेडी सिरियल ‘कुचिकार’को प्रशारण सुरु

काठमाडौं । एजे फिल्म टिभी नामक युट्युव च्यानल मार्फत नयाँ कमेडी सिरियल ‘कुचिकार’को प्रशारण सुरु भएको छ । अबिनाश ठकुरी र जयराम सापकोटाको निदेर्शनमा कमेडी सिरियल प्रशारणमा आएको हो ।

समाजमा अहिले घटेका बिकृती र बिसँगतिलाई हाँस्य ब्यङ्यको माध्यमबाट जनतामा जगरुक्ता पैदा गर्ने उदेश्यले टेलि सेरियल कुचिकारको सुरुवात गरिएको निमार्ण पक्षले जानकारी दिएका छन् ।

उक्त सिरियलमा अबिनाश ठकुरी, जयराम सापकोटा, रितिका लामा, अनिता श्रेष्ठ, सत्यादेवी थापा, कमल प्रसाद रेग्मी, बिनिता खत्री, राजु कार्की, किरण के सी, उत्तम ठकुरी, केदार खड्का लगायतका कलाकारहरुको विभिन्न भुमिकामा अभिनय देख्न सकिन्छ ।

विष्णु जि.सी.ले सम्पादन गर्ने सिरियलमा अभिनाश खनाल र मिलन तिमल्सिनाले छायांकन गरेका छन् । उक्त सरियलमा अबिनाश आफैले स्वर दिएका छन् । मनोज चौलागाईंले संगीत दिएको गीत चन्द्रलाल तमाङले लेखेका हुन् । त्यस्तै मेकअप प्रतिमा ठकुरीले गरेकी छन् ।

Top Changing Nepal

युट्युब सट्स