दुई लघुवित्त र एक हाइड्रोपावरले छिट्टै आइपिओ ल्याउने
काठमाडौं। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, जीवन विकास लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावरले प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन्।
मनकामनाले तीन करोड ८९ लाख रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न लागेको हो। संस्थाले प्राथमिक शेयर निष्काशनका लागि फागुन १४ गते निवेदन दिएको थियो। प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल रहेको छ।
जीवन विकास लघुवित्त वित्तीय संस्थाले १९ करोड ७७ लाख ३० हजार रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने भएको हो। संस्थाले प्राथमिक शेयर निष्काशनका लागि फागुन १७ गते बोर्डमा निवेदन दिएको छ। संस्थाको बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ।
सयपत्री हाइड्रोपावरले ९ करोड रुपैयाँ प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो। कम्पनीले प्रभावित तथा सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्न लागेको हो। कम्पनीको बिक्री प्रवन्धक एनआइविएल एस क्यापिटल रहेको छ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
