सर्वोच्चको आदेश पश्चात भाबुक झाँक्री, दिइन् यस्तो प्रतिक्रिया
काठमाडौं । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले आफू शीतको थोपा बनी मुस्कुराई रहने बताएकी छन् । साविक नेकपाबाट एमालेमा फर्किएपछि उनले मार्क्सवादीहरूले सुदुरपारीको क्षितिजमा पनि सम्भावना देख्ने भन्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राखेकी छन् ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमाले र माओवादी केन्द्रले अलग-अलग गतिविधिहरु सञ्चालन गरिरहेका छन् । पार्टी अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले एकतर्फीरुपमा पार्टीका गतिविधिहरु सञ्चालन गरिरहेका छन् ।
यता नेपाल समूहले बुधबार आफू निकट केन्द्रीय सदस्यहरुको भेला बोलाएर अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गरेका छन् । उक्त छलफल सकिएपछि माधव नेपाल समूहमा रहेकी नेतृ झाँक्रीले क्रान्तिकारीहरुले बारुदको धुँवा र बादलभित्र पनि भविष्य देख्न सक्नुपर्ने भन्दै भावुक ट्वीट गरेकी हुन् ।
उनले भनेकी छन्, “प्रिय साथि्हरू, शीतको थोपा बनी मुस्कुराइ रहनेछु । मार्क्सवादीहरूले सुदूरपारीको क्षितिजमा पनि सम्भावना देखिरहेका हुन्छन् । क्रान्तिकारीहरूले बारूदको धुवाँ र बादल भित्र पनि भविष्य देख्न सक्नुपर्छ ।” साविक नेकपाको माधव-प्रचण्ड समूहमा रहँदा उनले प्रधानमन्त्री ओली पक्षको कडा आलोचना गरेकी थिइन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


