एपिएफलाई हराउँदै पुलिस मेयर कप च्याम्पियन
नेपाल पुलिस क्लब काठमाडौं मेयर कप–२०७७ एकदिवसिय क्रिकेट लिगको च्याम्पियन बनेको छ । शनिबार फाइनलमा नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको छ । विजेता पुलिसले ५ लाख र उपविजेता एपिएफले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
जितको लागि १ सय ६ रनको विजयी लक्ष्य पछ्याएको पुलिसले २४.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । पुलिसका ओपनर सुनिल धमला ८२ बलमा ७ चौका र २ छक्का सहित ५९ रनमा अविजित रहे । धमलाले २३ औं ओभरको चौथो बलमा अभिनाश बोहरालाई छक्का प्रहार गर्दै ७६ बलमा अर्धशतक पूरा गरेका थिए ।
दीपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । दीपेन्द्रले अभिनाश बोहरालाई छक्का प्रहार गर्दै खेल सकाएका थिए । अनिल शाह र कुशल भुर्तेल १५–१५ रनमा आउट भए । एपिएफका भुवन कार्की र अभिनाश बोहराले १–१ विकेट लिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको एपिएफ २९.४ ओभरमा १ सय ५ रनमा अल आउट भएको थियो । एपिएफका वसन्त रेग्मीले ४१ बलमा ३ चौका सहित सर्वाधिक २२ रन बनाए ।
युवा दायाँ हाते तीव्र गतिका बलर गुलशन झाले पहिलो ओभरको पाँचौं बलमा ओपनर शंकर रानालाई ४ रनमा अनिल शाहबाट क्याच आउट गराए । दोस्रो ओभरको तेस्रो बलमा सागर ढकालले आसिफ शेखलाई शून्यमा क्याच गराए । गुलशनले तेस्रो ओभरको पहिलो बलमा कप्तान शरद भेषावकरलाई विकेटकिपर दीलिप नाथबाट शून्यमा क्याच आउट गराएपछि १०–३ को कमजोर अवस्थामा पुगेको थियो ।
चौथौ विकेटका लागि भुवन कार्की र सन्दीप जोेराले ३२ रनको साझेदारी गरेका थिए । गुलशनले नवौं ओभरको पाँचौं बलमा भुवन कार्कीले दीलिपबाटै १४ रनमा क्याच आउट गराए । १३ औं ओभरको पहिलो बलमा ललित नारायण राजवंशीले सन्दीप जोरालाई १८ रनमा एलबिडब्लू आउट गर्दै ४७–५ को कमजोर अवस्थामा पुर्याए । तल्लोक्रममा सुमित महर्जन ४, अमरसिंह राउटेला १८ र अभिनाश बोहरा १२ रनमा आउट भए ।
गुलशन झाले ७ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले ७.४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । पवन सरार्फ र ललित नारायण राजवंशीले १–१ विकेट लिए ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
भोटेकोशी बाढीपीडितलाई सरकारले बनाइदिने भयो नयाँ रेडिमेड घर
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट

