केकीको मुडुलो टाउको : कपाल बेच्ने कि अभिनय ?
काठमाडौं: नेपालमा कलाकारले गर्ने मेहनत कपालमा टिकेको छ । केकी अधिकारी नयाँ लुक भन्ने बित्तिकै कलाकारको दिमागमा कि ज्यान बनाउने कि कपाल बनाउने कुरा आउँछ । केही दिन अघि अनमोल केसी र झरना थापाबीच झण्डै मनमुटाव भएको खबर आएका थिए । यसको केन्द्रमा पनि कपाल नै थियो । अनमोलले ‘पारस’का लागि कपाल चाहिने भन्दै ‘ए मेरो हजुर ४’का लागि कपाल काट्न आनाकानी गरेपछि दुवैबीच दूरी बढेको समाचार आएका थिए । तर, अहिले अनमोल कपाल काट्न राजीभइवरी गीत खिच्न से–फोक्सुन्डो पुगिसकेका छन् । तर, यता अनमोलको कपालको किस्साले राम्ररी आराम नपाउँदै केकी अधिकारी कपाल मुण्डन गर्दै समाचारमा आएकी छिन् । आइतबार उनले कपाल मुण्डन गरेको स्टोरी इन्स्टामा राखेपछि उनको कपाललाई लिएर चर्चा सुरु भएको छ । केकीले वैशाखबाट सुटिङ सुरु हुने फिल्मका लागि कपाल मुण्डन गरेको बताएकी छिन् र प्रतिक्रिया लिनका लागि फोटो सार्वजनिक गरेको पनि बताएकी छिन् । धेरै भएको छैन जब सुरक्षा पन्तले यसैगरि ‘आमा’का लागि कपाल मुण्डन गरेकी थिइन् । उनको कपाललाई लिएर पनि त्यत्तिकै हंगामा भएको थियो । तर फिल्म रिलिज भएपछि धेरैले कपाललाई लिएर त्यत्रो धेरै हंगामा गर्नुपर्ने कारण नै भेटेनन् ।
सिनेमाको अन्त्यमा आउने सुरक्षाको कपाल मुण्डन गर्ने दृश्यले सिनेमालाई रत्तिभर पनि फाइदा गर्थेन । तर, निर्माण टिम र सुरक्षाले पनि यसलाई ‘के के न हो’ भन्दै प्रचार गरेका थिए । पोस्टरमै पनि सुरक्षाको अर्धमुण्डित तस्बिर हाइलाइट गरिएको थियो ।
सुरक्षाअघि अभिनेत्री दीपशिखा खड्काले पनि मुण्डन गरेको कुरा ‘क्यास’ गर्ने प्रयत्न गरेकी थिइन् । उनले ‘ प्रेमलीला’ फिल्मका लागि आफूले मात्र मुण्डन गरेकी थिइनन् उनले मुण्डन गर्ने दर्शकलाई पनि उपहारको व्यवस्था गरेकी थिइन् ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
