यसरी आउँदै छ मेलम्ची
मेलम्चीको पानीले तिर्खा मेट्ने काठमाडौंवासीको चाहना यही महिना पूरा हुँदै छ। सिन्धुपाल्चोकको अम्बाथानबाट सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङ परीक्षण भइसकेको छ। सुन्दरीजलमा १७ करोड लिटर क्षमताका दुई ठूला प्रशोधन केन्द्र छन्। मेलम्चीबाट आउने १७ करोड लिटर पानी दैनिक ती प्रशोधन केन्द्रमा प्रशोधित हुन्छ। प्रशोधन केन्द्रबाट पाइपलाइनमार्फत चैत १५ गतेदेखि पानीट्यांकीमा पानी पठाइने मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले बताए।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयका उपनिर्देशक उज्ज्वल प्रजापतिका अनुसार प्रशोधित पानी १० ठाउँमा रहेका पानीट्यांकीमा आउनेछ। काठमाडौंका मीनभवन, अनामनगर, आरुबारी, महांकाल, बाँसबारी, बालाजु, पानीपोखरी, कीर्तिपुर, भक्तपुर बोडे, ललितपुर खुमलटारमा पानीट्यांकी छन्। भक्तपुर कटुन्जेमा भने निर्माणाधीन छ। यी ट्यांकीको कुल क्षमता ७४ हजार ५ सय घनमिटर छ। अन्नपूर्ण पोस्ट् दैनिकबाट
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
