नेपाल बैंक लिमिटेडले ३ सय जनालाई विना ब्याज ऋण दिने भएको छ । राष्ट्रिय युवा परिषद्, चाँगुनारायण नगरपालिकाको जमानीमा बैंकले जनही ३ लाखका दरले व्यावसायिक कर्जा दिने भएको हो । यसरी विना ब्याज ऋण दिनका लागि मंगलबार बैंक र नगरपालिकाबिच कर्जा प्रवाहको सहमति भएको थियो । यस्तो सहमति बैंक र नगरपालिकाको संयुक्त आयोजनामा ७ दिन ‘सहुलियतपूर्ण कर्जा सहजीकरणको लागि उद्यमशीलता तथा वित्तीय साक्षरता (जीवाईबी/एसवाईबी) ’तालिम कार्यक्रम सञ्चालन गर्ने र सो कार्यक्रम पश्चात् तालिमप्राप्त ३०० जनालाई नगरपालिकाको जमानीमा बैंकले विना ब्याज कर्जा प्रवाह गर्ने सहमति भएको छ । राजधानीमा मङ्गलवार देखी जारी सो तालिममा १० समूहमा ३७० जना नगरवासी युवाहरूको सहभागिता रहेको चाँगुनारायण नगरपालिकाले जनाएको छ ।
नेपाल बैंकले ३ सय जनालाई विना ब्याज ऋण दिने
नेपाल बैंकले ३ सय जनालाई विना ब्याज ऋण दिने
तपाईको प्रतिक्रिया





