जसपा नेपालको माग पूरा गर्न प्रधानमन्त्री ओली तयार, ठाकुर–महतोले मागे १० मन्त्रालय !
जनता समाजवादी पार्टी, नेपालका माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओली तयार भएका छन् । फागुन २३ गतेपछि जसपाका नेताहरुसँग प्रधानमन्त्री ओलीले लगातार छलफल गरिरहेका छन् । यो बीचमा जसपाले अघि सारेका माग पूरा गराउनको लागि एमाले र जसपा नेपाल नेताहरु सम्मलित कार्यदल समेत गठन गरेको छ । कार्यदलका सदस्यहरुपनि नियमित छलफलमा छन् ।
आजमात्रै, प्रधानमन्त्री ओलीसँग अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतोसहित कार्यदलका सदस्यहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लाले भेटेका थिए । आजको भेटवार्ता सकारात्मक भएको नेता कर्णले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । उनकाअनुसार जसपाका माग पूरा गराउनको लागि प्रधानमन्त्री ओली सकारात्मक देखिएका छन् ।
सरकारमा जानेगरि नै जसपा र प्रधानमन्त्रीबीच छलफल भएको उच्च स्रोतले जनाएको छ । ठाकुर र महतोको पक्षमा २६ जना सांसद उभिएको जनाईएको छ । पछिल्लो समय सरकारमा जाने कि नजाने भन्नेबारे जसपाभित्र विवाद छ । अर्का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीलाई प्रतिगमनकारी भन्दै सत्ता सहकार्य गर्न नहुने सार्वजनिक रुपमै अभिव्यक्ति दिएका छन् । यादवसँगै संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि ओलीलाई विदा गर्नुपर्ने भन्दै उनीसँग सहकार्य गर्न नहुने अडान लिएका छन् । तर, ठाकुरको पक्षमा दुई तिहाईभन्दा बढि सांसद उभिने भएपछि प्रधानमन्त्री ओलीसँग सत्ता सहकार्यको लागि ठाकुर र महतो अघि बढे उनीहरु मौन बस्ने पनि बुझिएको छ । स्रोतकाअनुसार प्रधानमन्त्रीसँग ठाकुर र महतोले दश वटा मन्त्रालय दिन माग गरेका छन् । तर, प्रधानमन्त्रीले ८ वटा मन्त्रालय दिने सहमति जनाएका छन् । आगामी एक साताभित्रै सरकारमा जानेगरि प्रधानमन्त्री ओलीसँग ठाकुर र महतोको भेटवार्ता चलिरहेको छ ।
सम्बन्धित समाचार
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
आजदेखि राष्ट्रिय स्वतन्त्र पार्टीको बन्द सत्र सुरू
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

