चमेरोबाट अन्य जनावर हुँदै मानिसमा कोरोना संक्रमण !
एजेन्सी । चमेरोबाट अन्य जनावरमार्फत मानिसमा कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने सम्भावना प्रबल रहेको पाइएको छ । कोभिड–१९ उत्पत्तिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र चीनले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
कोरोनाभाइरस प्रयोगशालामा बनाइएको सम्भावना भने ज्यादै न्यून रहेको अध्ययनको प्रारम्भिक खाकामा उल्लेख गरिएको समाचार संस्था एपीले जनाएको छ । अध्ययनको निष्कर्ष अपेक्षा गरिएअनुुसार नै भएको र अन्य कैयौँ प्रश्नहरु अनुत्तरित रहेको जनाइएको छ ।
अध्ययन टोलीले भाइरस प्रयोगशालाबाट ‘लिक’ भएको भन्ने परिकल्पना बाहेकका अन्य सबै विषयमा अध्ययन गरेको थियो । तर, नतिजा सार्वजनिक गर्न बारम्बार ढिलाइ हुँदा चीनले अध्ययनलाई प्रभावित पार्न खोजेको आशंका गरिएको छ । चीनमाथि उसले प्रयोगशालामा कोरोनाभाइरस बनाएको भन्ने आरोप लाग्दै आएको छ ।
शोधकर्ताहरुले संक्रमणको सम्भावनालाई चार परिदृश्यमा सूचीबद्ध गरेका छन् । दोस्रो जनावरको माध्यमबाट संक्रमण फैलिएको अधिक सम्भावना रहेको छ भने चमेरोबाट मानिसमा सिधा संक्रमणको पनि सम्भावना रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, ‘कोल्ड–चेन’ खाद्य शृंखलाको माध्यमबाट संक्रमण फैलिएको सम्भावना ज्यादै न्यून रहेको पाइएको छ ।
कोभिड–१९ संक्रमण गराउने भाइरस र कोरोनाका अन्य भाइरससमेत चमेरोमा पाइएको छ । यद्यपि, चमेरोमा पाइने भाइरस र सार्स–कोभ–२ भाइरस विकास भएको समयको दूरी कैयौँ दशक रहेको पाइएको छ ।
चमेरोमा पाइएको जस्तै भाइरस सालकमा समेत पाइएको छ । न्याउरी मुसा र बिरालोमा समेत कोभिड भाइरस हुन सक्ने आशंका गरिएको छ ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

