चमेरोबाट अन्य जनावर हुँदै मानिसमा कोरोना संक्रमण !
एजेन्सी । चमेरोबाट अन्य जनावरमार्फत मानिसमा कोरोनाभाइरस संक्रमण भएको हुन सक्ने सम्भावना प्रबल रहेको पाइएको छ । कोभिड–१९ उत्पत्तिका सम्बन्धमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र चीनले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो देखाएको हो ।
कोरोनाभाइरस प्रयोगशालामा बनाइएको सम्भावना भने ज्यादै न्यून रहेको अध्ययनको प्रारम्भिक खाकामा उल्लेख गरिएको समाचार संस्था एपीले जनाएको छ । अध्ययनको निष्कर्ष अपेक्षा गरिएअनुुसार नै भएको र अन्य कैयौँ प्रश्नहरु अनुत्तरित रहेको जनाइएको छ ।
अध्ययन टोलीले भाइरस प्रयोगशालाबाट ‘लिक’ भएको भन्ने परिकल्पना बाहेकका अन्य सबै विषयमा अध्ययन गरेको थियो । तर, नतिजा सार्वजनिक गर्न बारम्बार ढिलाइ हुँदा चीनले अध्ययनलाई प्रभावित पार्न खोजेको आशंका गरिएको छ । चीनमाथि उसले प्रयोगशालामा कोरोनाभाइरस बनाएको भन्ने आरोप लाग्दै आएको छ ।
शोधकर्ताहरुले संक्रमणको सम्भावनालाई चार परिदृश्यमा सूचीबद्ध गरेका छन् । दोस्रो जनावरको माध्यमबाट संक्रमण फैलिएको अधिक सम्भावना रहेको छ भने चमेरोबाट मानिसमा सिधा संक्रमणको पनि सम्भावना रहेको निष्कर्ष निकालिएको छ । यसैगरी, ‘कोल्ड–चेन’ खाद्य शृंखलाको माध्यमबाट संक्रमण फैलिएको सम्भावना ज्यादै न्यून रहेको पाइएको छ ।
कोभिड–१९ संक्रमण गराउने भाइरस र कोरोनाका अन्य भाइरससमेत चमेरोमा पाइएको छ । यद्यपि, चमेरोमा पाइने भाइरस र सार्स–कोभ–२ भाइरस विकास भएको समयको दूरी कैयौँ दशक रहेको पाइएको छ ।
चमेरोमा पाइएको जस्तै भाइरस सालकमा समेत पाइएको छ । न्याउरी मुसा र बिरालोमा समेत कोभिड भाइरस हुन सक्ने आशंका गरिएको छ ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
