म्यानमारमा ५०० प्रदर्शनकारीको मृत्यु, सडकमा फोहोर फालेर सरकारको विरोध
सैन्य कूविरुद्ध आन्दोलनरत म्यानमारका नागरिकहरुले सडकमा फोहोर फालेर विरोध जनाएका छन् । अवज्ञा आन्दोलनअन्तर्गत म्यानमारवासीले मंगलबारबाट सडकमा फोहोर फालेर विरोध जनाउन सुरु गरेका बीबीसीले जनाएको छ । प्रदर्शनकारीले फोहोर फालेर जुन्ता सरकारको विरोध जनाउन सामाजिक सन्जालमार्फत् आह्वान गरेका छन् । गत फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता हातमा लिएको थियो । सेनाको सो कदमविरुद्ध आन्दोलन जारी छ । आन्दोलनकारीमाथि सेनाले निर्मम दमन गरेको छ । समाचार एजेन्सीमा अनुसार विरोध प्रदर्शनमा हालसम्म ५०० जनाको मृत्यु भइसकेको छ ।
सोमबारमात्रै १४ जनाको मृत्यु भएको छ । म्यानमारको सेनाले हवाई हमलासमेत गरेको छ । सेनाको दमनका कारण म्यानमारवासी नागरिक भागेर थाइल्याण्डतर्फ गएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । आन्दोलनकारीहरुले सडकमा राखेका बालुवा भरिएका बोराहरु सेनाले विशेष प्रकारको हतियार प्रयोग गरी हटाउने गरेको छ । सरकारी टेलिभिजनले ‘रोयट विपन’को प्रयोग गरिएको उल्लेख गरे पनि बीबीसीले भने ती हतियार स्ता प्रकारका हुन् भन्ने स्पष्ट नभएको जनाएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले म्यानमारका सैन्य प्रमुखलाई प्रदर्शनमा दमन नगर्न आग्रह गरेका छन् ।
एजेन्सी
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
चीनले विकास गर्यो धुलोभन्दा सानो चिप्स,पानीमुनी रहेका जहाज (पनडुब्बी) पत्ता लगाउन सक्ने दाबी
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

