सरकार गठनका लागि प्रचण्डसामु देउवाको सर्त
काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् ।
देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए । ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए ।
‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ । अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’ आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए । देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


