Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

ज्योति लाइफको आईपीओ नेप्सेमा सूचीकृत

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, २४
ज्योति लाइफको आईपीओ नेप्सेमा सूचीकृत

ज्योति लाइफ इन्स्योरेन्सको साधारण सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले हालैमात्र निस्कासन गरेको दुई करोड २० लाख कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत गरिएको हो । हाल प्रतिसेयर नेटवर्थ १२० रुपैयाँ रहेको कम्पनीले दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम १२० रुपैयाँदेखि अधिकतम ३६० रुपैयाँ सम्मको कारोबार रेन्ज पाएको छ ।

कम्पनीले हालैमात्र सर्वसाधारणका लागि ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो भने संस्थाका कर्मचारी र सामूहिक लगानी कोषलाई ५९ लाख ४० हजार कित्ता सेयर छुट्याएर बाँकी ५ लाख ९४ हजार सेयर सर्वसाधारणलाई बाँडिएको थियो ।

Top Changing Nepal

युट्युब सट्स