नेपालमा टिकटकको ठाउँ लिदै ‘थोप्ला’
सुदिप चापागाईं (देव), चितवन । चर्चित भिडियो शेयरिङ एप टिकटकको ठाउँ लिदै नेपालमा ‘थोप्ला'( Thopla) संचालनमा आउने भएको छ । एलको (Yelko) कम्पनीले नेपालमा आफ्नै टिकटक अर्थात् ‘थोप्ला’ नामक भिडियो शेयरिङ एप संचालनमा ल्याउने भएको हो ।
कम्पनीका प्रबन्ध निर्देशक उज्जवल खनालका अनुसार नव वर्ष २०७८ लाई लक्षित गरेर ‘थोप्ला’ सार्वजनिक गरिने योजना रहेको छ । यस एपमा १५ सेकेण्ड देखि १ मिनेट सम्मको भिडियो अपलोड गर्न मिल्ने छ । कम्पनीका अनुसार प्रयोगकर्ताको डाटा सुरक्षा र प्रयोगकर्तालाई सहजताका साथ मनोरञ्जन प्रदान गर्ने विषयमा विशेष ध्यान दिइएको छ ।
पछिल्लो समय युवा पुस्तामा मात्र नभइ हरेक उमेरका व्यक्तिमा देखिएको लोकप्रियतालाई मध्यनजर गर्दै नेपालमा आफ्नै टिकटक सरह एप निर्माण गरिएको खनालले बताए । उनी भन्छन्, “नेपाललाई अन्तराष्ट्रिय बजारमा चिनाउने र प्राविधिक क्षेत्रमा अगाडी बढाउने लक्ष्यका साथ एलको कम्पनीले विभिन्न प्रोजेक्ट गरिरहेको छ र त्यस मध्यको ‘थोप्ला’ एक हो जसबाट रचनात्मकता र प्रतिभा भएका व्यक्तिहरुलाई जोड्न सकिने छ ।”
थोप्ला निर्माणको सबै प्राविधिक काम सकिएको र सहि समय अनुकुल हेरेर बजारमा ल्याउन कम्पनीको तयारी रहेको खनालले बताएका छन् । साथै अन्य धेरै विशेषता टिकटकसंग मेल खाने भएतापनि आगामी दिनमा अझै प्रभावकारी बनाउने कम्पनीको योजना रहेको छ ।
सम्बन्धित समाचार
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
‘तुना फुकेछ’ सार्वजनिक, ‘निःशब्द’ चलचित्रको गीतले दर्शकको ध्यान तान्दै
जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक, प्रकाश सपुतसँगै देखिइन् भिडियोमा
एक लाखको फिल्मले पायो अप्रत्याशित सफलता,कमाइ २ अर्ब नजिक
रेखा थापाको ‘माया भनेकै यस्तो होला’को टिजर सार्वजनिक, भदौ २६ मा प्रदर्शन
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
