तीन सय स्थानका सडकमा मेलम्चीको पानी चुहावट
पुरानो प्रणालीबाट पानी वितरण गर्दा महिनामा ३०० स्थानसम्ममा चुहावट हुनसक्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात र खानेपानी मन्त्रालयले गठन गरेको कार्यदलले यस्तो प्रतिवेदन तयार पारेको सडक डिभिजन कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले राससलाई जानकारी दिए ।
सडक विभागका महानिर्देशकको संयोजकत्वमा लिमिटेडका प्रमुख कार्यकारी अधिकृत, सडक डिभिजन प्रमुख, केयुकेएल शाखा कार्यालयका प्रमुख रहेको समितिले प्राविधिक अध्ययन गरी यस्तो प्रतिवेदन तयार पारेको हो । चुहावट भएका स्थानमा तत्काल सडक निर्माणका लागि सरकारसँग बजेट माग गर्ने उनले बताए । यसको समन्वय खानेपानी मन्त्रालयले गरेको जनाइएको छ ।
छिटोभन्दा छिटो नयाँ वितरण प्रणालीबाट पानी वितरण गर्न सडक डिभिजन कार्यालय काठमाडौँले माग गरेको छ । पुरानो वितरण प्रणालीबाट गरेसम्म उपत्यकाका सडकमा पानी चुहावटका कारण खाल्डाखुल्डी हुने डिभिजन प्रमुख नेपालीले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
