• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२५ असार २०८३, बिहीबार
२५ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने
  • ७ घण्टा 

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि
  • ७ घण्टा 

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व
  • ९ घण्टा 

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड
  • १० घण्टा 

फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ११ घण्टा 

पहाडी र तराई भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा 

२०८३ असार २६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्टमर एक्सपेरियन्स जोन सहित शाओमी नेपालका नयाँ सर्भिस सेन्टर सञ्चालनमा

  • २. सिमापार मल तस्करी, २ हजार बोरा मल बरामद

  • ३. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ४. यस्तो छ आजको मौसम पुर्वानुमान

  • ५. देशभर मनसुनी वायूको प्रभाव कायमै : केही स्थानमा मध्यम वर्षाको सम्भावना

  • ६. शाओमी नेपालको नयाँ सर्भिस सेन्टर ताम्राकार हाउसमा सञ्चालन, प्रयोगकर्तालाई सहज र भरपर्दो सेवा

  • ७. राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

  • ८. नेप्से परिसूचक २६.२९ अंकको गिरावट

  • ९. नेप्से परिसूचकमा १९.६७ अंकको गिरावट

  • १०. ट्राफिक जरिवानावाट एकैदिन एक हजार ८ सय १३ सवारीचालक कारबाहीमा, ५ लाख २८ हजार राजश्व संकलन

भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड, एकैदिन थपिए ३ लाख बढी संक्रमित

admin २०७८, बैशाख, ९

एजेन्सी । भारतमा कोरोना संक्रमितको संख्यामा नयाँ रेकर्ड कायम भएको छ । पछिल्ला केही दिन यता लगातार दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण हुँदै आएको भारतमा पहिलो पटक एकै दिन संक्रमितको संख्या ३ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ३ लाख १५ हजार ८०२ जनामा संक्रमण भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि (सोमबार) वैशाख ८ मा भारतमा दोस्रो धेरै २ लाख ९४ हजार २९० जनामा संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या १ करोड ५९ लाख २४ हजार ८०६ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड ३४ लाख ४९ हजार ४०६ जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या २२ लाख ९० हजार ७२८ छ ।

यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ८४ हजार ६७२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप २ हजार १०२ जनाको मृत्यु भएको छ । संक्रमण बढेपछि भारतको महाराष्ट्र राज्यमा पूर्ण लकडाउन घोषणा गरिएको छ ।

महाराष्ट्रमा गएको २४ घण्टामा ६७ हजारभन्दा धेरै संक्रमित भएका छन् भने पाँच सय ६८ जनाको ज्यान गएको छ । अब आउँदो मे १ तारिखसम्मका लागि लकडाउन घोषणा गरिएको बीबीसीले जनाएको छ । महाराष्ट्र राज्यमा विवाह उत्सवमा २५ जनालाई मात्र सहभागी हुन पाउने भएका छन् भने सार्वजनिक बसमा ५० प्रतिशत मात्रै यात्रुलाई चढाउन पाइने छ ।

लकडाउनभर सरकारी कार्यालयमा १५ प्रतिशत मात्रै कर्मचारी रहने छन् भने लोकल रेलमा कामका लागि मात्रै यात्रा गर्न भनिएको छ । संक्रमणमा दैनिक नयाँ रेकर्ड हुँदै गएको भारतमा केरला, उत्तर प्रदेश, दिल्ली, गुजरात लगायत राज्य सबैभन्दा धेरै प्रभावित भएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश
पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै
जापानले बनायो भूकम्प आउनासाथ हावामा माथि उठ्ने घर

ताजा

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारबाट ६० अर्ब उठाउने

लगातारको गिरावटपछि सुनमा पुन : उछाल, एकैदिन प्रतितोला २ हजार ७ सय रुपैयाँले वृद्धि

‘एल निनो’ को असर : १२२ बर्ष पछि सबैभन्दा सुख्खा र खडेरीको मारमा विश्व

रणवीर कपुरको ‘रामायण’ हलमा जानु अघि नै ३५० करोड कमाएर बनायो रेकर्ड

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.