कृषि विकास बैङ्कद्वारा क्रेडिट कार्ड जारी
काठमाडौं, कृषि विकास बैक लिमिटेडले क्रेडिट कार्ड जारी गरेको छ । आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरू उपलब्ध गराउँदै आइरहेको बैकले २०७८ साल वैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको सुरुवात गरेको हो ।
हालसम्म यस बैकले ७८ वटा कार्डहरू जारी गरिसकेको छ । नेपालका सरकारी स्तरका बैकहरूमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ ।
कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरी दिगो आयस्रोत भएका विश्वासिला नेपाली नागरिकहरू, यस बैकका पूर्व कर्मचारीहरू तथा बैङ्कका कर्मचारीहरूले यो सुविधा प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।
यस बैककले जारी गरेको क्रेडिट कार्डको सीमा न्यूनतम रु २५ हजार देखि अधिकतम रु दश लाखसम्म कायम गरिएको छ । त्यसै गरी इएमभी, कम्प्लेन्स, कन्ट्याक्टलेस पेमेन्ट फिचर, नेपाल र भारतमा चल्ने, पीओएस टर्मिनलमार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने विशेषताहरू रहेको बैकले जनाएको छ ।
साथै बैङ्कले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैङ्क लि।का शाखा कार्यालयहरूमा सम्पर्क राख्न ग्राहकहरुमासमेत अनुरोध गरेको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
