• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० असार २०८३, शनिबार
२० असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • ८ घण्टा 

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश
  • ८ घण्टा 

हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने
  • ८ घण्टा 

२०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • ८ घण्टा 

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
  • १ दिन 

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • १ दिन 

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
  • १ दिन 

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २ दिन 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार

  • २. २०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ३. कालो सिसा हटाउने अभियानबारे नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबीच छलफल

  • ४. एकैदिन प्रतितोला ६ हजार २ सय रुपैयाँले उकालो लाग्यो सुनको मुल्य, चाँदीमा पनि उच्च वृद्धि

  • ५. तीन महिनायताकै उच्च कारोबारमा ग्लोबल आइएमई बैंकको सेयर

  • ६. साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा ‘ब्लु बस’ सेवा सञ्चालन हुने तयारी

  • ७. सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक

  • ८. पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत

  • ९. देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

  • १०. भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह

इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंक कम्युनिकेशन्सका सेवा ५ लाख घरधुरीमा

admin २०७८, असार, १८

काठमाडौं, तिब्र रुपमा सेवा विस्तार गरिरहेको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिंकको ग्राहक संख्या यसै साता ५ लाख पुगेको बताइएको छ । नेपालमा इन्टरनेट प्रयोग गर्ने हरेक तीन जनामध्ये एक जना प्रयोगकर्ताले वल्र्डलिंकको इन्टरनेट प्रयोग गर्दछन् । नेपालमा भित्र्याइएको इन्टरनेटको कुल ब्यान्डविथमध्ये ४५ प्रतिशत व्याण्डविथ वल्र्डलिंक एक्लैले प्रयोग गर्छ । वल्र्डलिंकको इन्टरनेट कर्णालीको सबैभन्दा दुर्गम क्षेत्रमा समेत नेपालका ७३ जिल्लामा पुगेको छ । वल्र्डलिंक नेपालको तेस्रो ठूलो दूरसञ्चार कम्पनी हो ।

यसै बिचमा वल्र्डलिंक आईसीटी क्षेत्रको सबैभन्दा ठूलो करदाता पनि बन्न सफल भएको छ । यस कम्पनीले आव २०७६÷०७७ मा १० औं ठूलो भ्याट योगदानकर्ताको सम्मान समेत पाएको थियो । वल्र्डलिंक आइसीटी क्षेत्रमा सबैभन्दा ठूलो रोजगारदाता कम्पनी पनि हो । यसमा करिव ४ हजार जनाले रोजगारी पाएका छन ।

वल्र्डलिंकले देशका १० हजार ठाउँमा पब्लिक वाईफाई विस्तार गरेको छ । कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रमअनुसार देशैभर सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउदै आएको छ । दैनिक एक लाख ५१ हजारभन्दा बढीले निःशुल्क उपलब्ध पब्लिक वाईफाई प्रयोग गरिरहेका छन् । मन्दिर, अस्पताल, बसपार्क, क्याफे, रेष्टुरेन्ट लगायतका मानिस धेरै जम्मा हुने स्थानमा कम्पनीले फ्री वाईफाई दिइरहेको छ ।वल्र्डलिंक कम्युनिकेशन्समा बेलायती सरकारको संस्था सिडीसी ग्रुपको समेत लगानी रहेको छ । वल्र्डलिंकले ग्राहकलाई इन्टरनेट, आइपिटिभी र कर्पोरेट ग्राहकलाई डाटा कनेक्टिभिटि सेवा प्रदान गर्दै आइरहेको छ ।

वल्र्डलिंकको सुरुआत संस्थापक तथा अध्यक्ष दिलीप अग्रवालले सन् १९९५ मा गरेका थिए । त्यतिखेर डायलअप कनेक्टिभिटीमा साधारण ईमेल सेवाबाट यसको सुरुआत भएको थियो । संस्थाले भिस्याट, वायरलेस टेक्नोलोजी, केबल इन्टरनेट र एफटिटिएच जस्ता प्रविधिको माध्यमबाट धेरै कठिन मार्गहरू पार गर्यो । कम्पनीको संचालकहरु दिलीप अग्रवाल, मनोज अग्रवाल, स्वर्गीय विजय जालानको वल्डर्डलिंक विस्तारमा महत्वपूर्ण योगदान रह्यो ।

वल्र्डलिंकका अध्यक्ष दिलीप अग्रवालले ग्राहकहरूको विश्वास र समर्थनले गर्दा संस्थाले एउटा कोषेढुंगा पार गरेको बताए । आजको दिन वल्र्डलिंकका लागि गर्वको क्षण हो, उनले भने, हाम्रो परिवार ५००००० को ठूलो परिवार बनेको छ । यो विशाल आधार हाम्रा ग्राहकहरुको अथक समर्थनबाट प्राप्त भएको हो । उनले ग्राहकहरूको सेवा गर्न समर्पित कडा मेहनती सबै कर्मचारीहरूसमेत यो उपलब्धिको भागिदार रहेको बताउँदै सबैलाई धन्यवाद दिएका छन् । अग्रवालले कम्पनीको सेवामा संतुष्ट बनाउन आफूहरुको काँधमा ठूलो जिम्मेवारी आएको पनि स्मरण गराएका छन् । उनले भने । ” हामी सबैले कडा परिश्रम गर्नुपर्दछ । ग्राहक सेवा र त्यसको गुणस्तर सुधार गर्नमा ध्यान केन्द्रित गर्नुपर्दछ”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

ताजा

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

क्यानडालाई हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश

हाल देशभर मनसुनी वायूको प्रभाव : चार प्रदेशमा भारी बर्षा हुन सक्ने

२०८३ असार २१ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.