Jankari Kendra
२७ श्रावण २०८३, बुधबार
Worldlink

पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निगमलाई अझै घाटा

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७८, असार, २३
पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि, निगमलाई अझै घाटा

काठमाडौं, असार २३ । नेपाल आयल निगमले आज पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य सूचीअनुसार घाटा हुने अवस्था आएकाले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोल, डिजल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्याँसको मूल्य वृद्धि भएको छ । मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजल, मट्टीतेलमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १२९ पुगेको छ । डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर ११२ पुगेको छ । आन्तरिक उडानतर्फको हवाइ इन्धनको साविकको बिक्री मूल्यमा दुई रुपैयाँ वृद्धि हुँदा प्रतिलिटर ८४ पुगेको छ ।

खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनमा पनि मूल्यवृद्धि गरिएको छ । खाना पकाउने एलपी ग्यासमा २५ रुपैया मूल्यवृद्धि गरि विक्री मुल्य १४२५ बनाइएको छ ।

निगमका अनुसार मूल्य वृद्धिपछि पनि निगमलाई पेट्रोलमा सात रुपियाँ ४५ पैसा, डिजेलमा चार रुपियाँ ३५ पैसा तथा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर रु ३१९ रुपियाँ ३२ पैसा घाटा रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

naima expoTop Changing Nepal

युट्युब सट्स