Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, ११
कृषि विकास बैंकका कर्मचारीसहित नौ जना पक्राउ

कृषि विकास बैंकको स्वयम्भू शाखामा भएको बैंकिङ कसूरका ९ जना अभियुक्तहरुलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा शाखा अधिकृत केदारप्रसाद गौतम तथा उनकी श्रीमतीद्वय सम्झना पोखरेल र जेनी श्रेष्ठ, स्वयम्भू शाखाका शाखा प्रबन्धक भरतबहादुर बाँनिया, स्वयम्भू शाखाकी लेखापाल गिता पन्त, सुमन भुजेल, सूर्यबहादुर लिम्बु, सन्दीप गुप्ता र रामकुमार कुम्हार रहेका छन् ।
कृषि बिकास बैंक, बैंकिङ कार्यालय स्वयम्भूमा २०७१ असोज महिनामा काल्पनिक नाममा कीर्ते कागजात पेश गरी २०७१ असोजदेखि २०७२ असारसम्म पटकपटक ५५ कारोबारका चेकमार्फत रकम भुक्तानी लिई प्रतिवादीहरुले बैंकलाई ३३ करोड ८२ लाख ५ सय ७८ रुपैंया ४२ पैसा नोक्सानी पुर्याएका थिए ।
प्रतिवादीहरु केदारप्रसाद, जेनी, सम्झना र सुर्यबहादुरलाई झापा, काकडभिट्टाबाट र अन्यलाई उपत्यकाका विभिन्न ठाउँहरुबाट विभिन्न मितिमा पक्राउ गरिएको हो । उनीहरुलाई बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ बमोजिम कारवाही गर्न पुनरावेदन अदालत, वाणिज्य ईजलाश, पाटनमा बिहिबार पेश गरिएको प्रहरीले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स