देशभर मनसुनी वायुको प्रभाव, यी स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभरको मौसम बदली भएको छ । अहिले देशका विभिन्न स्थानमा स्थानमा वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित धेरै भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।
साउन ५ गते मंगलबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी/धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी /धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
साउन ६ गते बुधबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा भारी/ धेरै भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
साउन ७ गते बिहीबार
दिउँसो : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राति : देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित समाचार
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
अलपत्र यात्रुको उद्धारमा काठमाडौं महानगरको निःशुल्क यातायात सेवा
१८ अर्ब डलरको सम्झौतापछि मेटाले फेर्दै फेसबुक–इन्स्टाग्रामका फिचर
आज क्वाटी खाने दिनः घरमै बनाउनुहोस् स्वादिलो र पौष्टिक क्वाँटी
सेतो चिनीले साँच्चै बढाउँछ त डाइबिटिज ? जान्नुहोस वास्तविकता
बडीमालिका क्षेत्रमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा, टेलिफोन र इन्टरनेट सञ्चालन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

