पीएसजीको लगातार दोस्रो जित, साविक विजेता लिल नाइसँग पराजित
३१ साउन, काठमाडौँ : पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित हात पारेको छ । लिओनल मेस्सीलाई अनुबन्ध गरेपछि पहिलो खेल खेलेको पीएसजीले स्ट्रासबर्गलाई ४-२ ले पराजित गरेको हो । यद्यपि मेस्सी भने खेलेका थिएनन् ।
घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीका लागि माउरो इकार्कीले तेस्रो मिनेटमै गोल गरेका थिए । यस्तै किलिएन एमबाप्पेले २५औं, युलियन ड्राक्सलरले २७औं र पाब्लो साराबियाले ८६औं मिनेटमा गोल गरे । स्ट्रासबर्गका लागि केभिन गेमेइरियोले ५३औं र लुडोभिक अयोर्कले ६४औं मिनेटमा गोल गरे ।
स्ट्रासबर्गका अलेक्जान्डर जिकु ८१औं मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिएका थिए । लगातार दोस्रो जितपछि ६ अंकसहित पीएसजी शीर्ष स्थानमा छ । साविक विजेता लिल भने नाइसँग ४-० ले पराजित भएको छ ।
नाइसका लागि क्यास्पर डलबर्गले पहिलो र ६४औं मिनेटमा गोल गरे । यस्तै हिचेम बोउदाइले पाँचौ र अमिन गौइरीले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । नाइस ४ अंकसहित दोस्रो स्थानमा छ ।
सम्बन्धित समाचार
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


