संविधानसभाले प्रत्यक्ष निवार्चित कार्यकारी राष्ट्रपति र संबैधानिक राजतन्त्रको प्रस्ताव अस्वीकृत गरेको छ ।
विधयेकको धारा ६२ मा रहेको संसदबाट निर्वाचित प्रधानमन्त्री सम्बन्धी ब्यवस्थामा प्रत्यक्ष कार्यकारी राष्ट्रपति हुनु पर्ने भनि नेमकिपाका सभासद डिल्लीप्रसाद काफ्ले र सभासद श्याम श्रेष्ठलेराखेको प्रस्ताव बहुमतले अस्विकृत भएको हो ।
एमाओवादीले सो ब्यवस्थामा फरक मत राखेको छ ।
त्यस्तै संविधानको धारा ६१ मा राप्रपा नेपालका अध्यक्ष कमल थापाले संशोधन राखेका थिए । थापाले राखेको संशोधनमा राष्ट्रपति र उपराष्ट्रपति रहने प्रस्तावित व्यवस्था हटाएर राजसंस्था राख्नुपर्ने उल्लेख थियो । थापाको संशोधन प्रस्ताव बैठकले अस्वीकृत गरेको छ । थापाले मत विभाजन गर्न माग गरे का थिए ।
सभाध्यक्ष सुवास नेम्वाङले नियमावलीअनुसार १० प्रतिशत सदस्यको समर्थन देखाउन आग्रह गरे । तर, थापाको पक्षमा २५ सभासद मात्र उभिए । जुन मतविभाजनका लागि पर्याप्त भएन र संविधानसभाले राजसंस्था राख्नुपर्ने राप्रपा नेपालको प्रस्ताव अस्वीकृत भयो ।
कार्यकारी राष्ट्रपति र राजा राख्ने प्रस्ताव प्रस्ताव स्विकृत भएन
कार्यकारी राष्ट्रपति र राजा राख्ने प्रस्ताव प्रस्ताव स्विकृत भएन

तपाईको प्रतिक्रिया