Jankari Kendra
५ आश्विन २०८३, सोमबार
Worldlink

झापाका चर्चहरूमा बम विष्पोट

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७२, भाद्र, २९
झापाका चर्चहरूमा बम विष्पोट

झापा कन्काई नगरपालिका–३ स्थित स्वतन्त्र बाप्तिष्ट चर्च अगाडी मंगलबार बिहान सकेट बम जस्तो देखिने शंकास्पद बस्तु फेला परी इलाका प्रहरी कार्यलय सुरुङ्गामा ल्याई निरिक्षणका लागि राखेकोे अवस्थामा अचानक पडकिदाँ ३ जना प्रहरी घाइते भएका छन् । घाइते हुनेहरुमा प्रहरी सहायक निरिक्षक देवनाथ यादव, प्रहरी हवल्दार भरत कार्की र प्रहरी जवान केदार पौडेल रहेका छन् । घाइतेहरुको बिर्तामोड अस्पतालमा उपचार भईरहेको नेपाल प्रहरीले जनाएको छ ।
यसैगरी दमक नगरपालिका–१० स्थित ज्योति मण्डली चर्चमा सोमबार अज्ञात समुहले सुतली बम प्रहार गर्दा झ्यालको शिसा र ढोकामा क्षती भएको छ ।
यसैगरी झापा खजुरगाछी–६ स्थित बस्ने पृथ्बीराम मोचेले संचालन गरेको इमानुएल वासलेयान चर्चमा अपरिचित समुहले सोमबार सुतली बम प्रहार गर्दा सामान्य क्षती भएको छ ।
यसैगरी झापा गौरादह–४ स्थित बेरेलहरही चर्चको मेनगेटमा मंगलबार बिहान १ वटा सकेट बम फेला परेको छ । बम डिस्पोजका लागि नेपाली सेनासँग समन्वय गरीरहेको प्रहरीले बताएको छ ।

Top Changing Nepal

युट्युब सट्स