नेपालको नयाँ संविधान दुई तिहाइ बहुमतले पारित
नेपालको संविधान २०७० बुधबार दुई तिहाई बहुमतद्वारा पारित भएको छ।
संविधानसभामा बुधबार राति भएको मत विभाजनमा नयाँ संविधानको पक्षमा ५ सय ७ मत परेको छ । संविधानसभामा तत्काल कायम रहेका ५ सय ९८ सभासदमध्ये संविधानको पक्षमा ८५ प्रतिशत मत परेको छ ।
राजसंस्था, प्रत्यक्ष कार्यकारी र हिन्दु राष्ट्रका बारेमा फरक मत राख्दै आएको राप्रपा नेपालले विपक्षमा मतदान गरेको छ।
आफ्नो प्रस्ताव संविधानसभाबाट अस्वीकृत भएपछि राप्रपा नेपालले विपक्षमा मतदान गरेको हो।
संविधानसभाध्यक्षले प्रक्रिया अनुसार सुनाएको अन्तिम मत परिणाम अनुसार पक्षमा ५०७ मत र विपक्षीमा २५ रहेको बताएका छन्।
अन्तरिम संविधान २०६३ को धारा ७० र संविधानसभा नियमावली २०७० अनुसार गरेको मत विभाजनमा संविधानसभाको कुन सदस्य संख्याको दुई तिहाई बहुमत हुनुपर्ने प्रावधान छ।
सोही अनसार उक्त प्रस्तावको पक्षमा ५०७ मत परेको हुनाले यो संविधानको विधेयक दुई तिहाइ बहुमतले पारित गरेको हो.
यसरी पारित भएको संविधान आगामी असोज ३ गते बस्ने संविधान सभाको अन्तिम बैठकमार्फत राष्ट्रपतले सार्वजनिक गरि लागू भएको घोषणा गर्नेछन्।
सम्बन्धित समाचार
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
कस्तो छ आजको मौसम पूर्वानुमान ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

