नेपाल बैंकले १७ प्रतिशत लाभांश दिने
जानकारी केन्द्र
२०७८, कार्तिक, ८
नेपाल बैंक लिमिटेडले १७ प्रतिशत लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश दिन लागेको हो । बैंकले सेयर र नगद लाभांश सेयर गरी चुक्ता पुँजीको १७ प्रतिशत बोनस दिने भएको छ ।
नेपाल बैंक लिमिटेडलको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र करसहित ३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको लाभांशलाई नेपाल राष्ट्र बैंकले स्वीकृत दिनुपर्छ । नेपाल बैंकको १२ अर्ब ६३ करोड ६७ लाख ५८ हजार ६ सय २४ रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी बोनस सेयर वितरणपछि १४ अर्ब ४० करोड ५९ लाख ४ हजार ८३१ रुपैयाँ पुग्नेछ ।
सम्बन्धित समाचार
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
सुन–चाँदीको मूल्य उकालो, सुन प्रतितोला ३ लाख ७ हजार ४ सय पुग्यो
सुनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार?
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

