काममा फर्किएपछि गभर्नर अधिकारीले भने–कुनै पूर्वाग्रह नराखी काम गर्छु, सर्वोच्चको आदेश सिष्टमको लागि हो
जानकारी केन्द्र
२०७९, बैशाख, ७
काठमाडौं, ७ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी काममा फर्किएका छन्। उनले आफूले कुनै आग्रह वा पूर्वाग्रह नराखी काम गर्ने पनि प्रतिबद्धता जनाएका छन् । अधिकारीलाई हिजो सर्वोच्च अदालतले काम फर्कनेगरि आदेश दिएको हो ।
सरकारले उनलाई निलम्बन गरेको थियो । त्यसको विरुद्धमा अधिकारी अदालत गएका थिए । सर्वोच्चले गभर्नर अधिकारीलाई गरिएको निलम्बन कारबाही कार्यान्वयन नगर्न आदेश दिएको थियो । उनले अदालतको आदेश आफ्नो लागिभन्दा पनि समग्र सिस्टमको लागि आएको बताए ।
उनले भने,‘यो समग्र सिस्टमको लागि आएको आदेश हो। यहाँहरूले पनि मेरो लागिभन्दा पनि सिस्टमको लागि भनेर लागि पर्नु भएको छ, त्यसका लागि सबैलाई धन्यवाद र आभार प्रकट गर्दै म आफ्नो जिम्मेवारीमा फर्किन चाहन्छु।’
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
