नेपालमा सार्वजनिक भएको २०२२ क्रसएक्स २५० आरको मुल्य र विषेशता..
नेपालका लागि क्रसएक्सको आधिकारिक वितरक बाइकर्स नेपालले ईएफआई युरो ५ प्रविधियुक्त नयाँ २०२२ मोडलको क्रसएक्स २५० आर नेपालमा सार्वजनिक गरेको छ ।
उक्त बाइक पहिले भन्दा अपग्रेड भएर आएको छ । कम्पनीले यसमा भएको डबल साइलेन्सर सबैभन्दा आकर्षक रहेको जनाएको छ । युवाहरुलाई डबल साइलेन्सर बाइकले धेरै आकर्षित पार्ने हुँदा साहीअनुसार डिजाइन गरिएको छ । यो बाइक डर्ट र मोटार्ड गरी दुवै सेगमेन्टमा उपलब्ध छ ।
नयाँ क्रसएक्स २५० आर मा २४९.६ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ३२ एचपी पावर र २९.८ एनएम टर्क प्रदान गर्दछ । ६–स्पिड गियरबक्स भएको सो मोटरसाइकलको फ्रन्ट र रियरमा निसिन सिंगल डिस्क ब्रेक रहेको छ ।
यसको ब्रेकिङ सिष्टम जापनिज कम्पनी निसिनले बनाएको छ । कम्पनीले बाइकलाई अधिकतम १३० किलोमटिर प्रतिघन्टको गतिमा हाँक्न सकिने दाबी गरेको छ । क्रसएक्स २५० आर को लम्बाई १९८० एमएम, चौडाई ८२० एमएम, उचाई ९४० एमएम, ग्राउण्ड क्लियरेन्स ३६१ एमएम र १३८० एमएमको ह्वीलवेस रहेको छ । साथै, ६.५ लिटरको इन्धन ट्यांकी छ भने यसको वजन ११७ केजी रहेको छ ।
बाइकले ३५ किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने भनिएको छ । सो मोटरसाइकलमा बेटर कोल्ड स्टार्ट, बेटर थ्रोटल रेस्पोन्स, बेटर फ्युल एफिसियन्सी र लेस मेन्टिनेन्स जस्ता विशेषता पाउन सकिन्छ । त्यसैगरी यसमा पोलीस्पोर्ट ह्यालोजन हेडलाइट रहेको छ । क्रसएक्स २५० आर रेड र ब्ल्याक गरी दुई कलर अप्सनमा उपलब्ध रहेको छ ।
नेपाली बजारमा क्रसएक्स २५० को मूल्य ८ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । पहिले ७ लाख ६५ हजार रुपैयाँ पर्ने मोटरसाइकलको मूल्य हाल सरकारले नयाँ बजेटमार्फत कर बढाएपछि बढाइएको कम्पनीले जनाएको छ ।
सम्बन्धित समाचार
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
