Jankari Kendra
१३ आश्विन २०८३, मंगलवार
Worldlink

वास्तुशास्त्रले भन्छ– यस्ता काम गरे हात पर्छ सफलता..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २०
वास्तुशास्त्रले भन्छ– यस्ता काम गरे हात पर्छ सफलता..

वास्तुशास्त्रले भौतिक विकास निर्माण बारे निकै चर्चा गरेको छ । वास्तुशास्त्रमा उद्योग, नहर, कुवा, इनार, मन्दिर, घर, अफिस, बजार आदिको निर्माण गर्ने बारे वर्णन गरिएको हुन्छ । स्थापत्य वेदमा पनि यस बारे धेरै कुराहरुको वर्णन गरिएको छ । जुन आजको वास्तुशास्त्र हो । इञ्जिनीयरिंग र आकीटेक्ट लगायतका क्षेत्रमा पनि यस उपवेदको विकास भइरहेको देख्न सकिन्छ ।

वास्तुशास्त्र अनुसार यी कामहरु गरे सफल भइनेछः

-उत्तर एवं पुर्वबाट अग्निको सामान हटाएर दक्षिण-पूर्व कोणमा राख्दा लगभग घरको सबै कामकुरा ठीक हुँदै जानेछन् ।

-दक्षिणपूर्व कोणमा भान्छा कोठा बनाएमा स्वास्थ्य र धनलाभ प्रायः सदैव भइनै रहन्छ ।

-सदैव सुत्दा दक्षिण शिर राखेर सुत्ने। दक्षिण या ढोकातर्फ पाइताला फर्काएर सुत्दा सदैव अनर्थ मात्रै हुनेछ ।

-विशेष लाभ चाहनुहुन्छ भने पश्चिम भित्ताको आडमा पश्चिम पैताला राखी सुत्नुहोस् ।

-कुनै पनि कुनामा सेफ राख्दा, बस्दा या फाइलहरू राख्दा त्यसको महत्व शून्य हुनजान्छ अर्थात् त्यसको महत्व हुँदैन।

-मङ्गलबार र शनिबार कदापि नयाँ काम सुरु गर्नु हुँदैन। बुधबार बिहान ११ बजेपछि र शुक्रबार गरिएका काम सफल हुनेछन् ।

-हजुरको पछाडि, झयाल, ढोका खुल्ला हुनु हुँदैन । पछाडि भित्ता भएमा तपाईंलाई साहस एवं साहारा मिल्नेछ ।

-दिशा या पिसाब गर्दा उत्तर या दक्षिण मुख गरी गर्दा पनि दैवीय सहायता मिल्नेछ ।

-दक्षिण-पूर्व कोणमा बस्दा मान-सम्मान एवं पदप्रतिष्ठा बढ्नेछ ।

-दक्षिण भागमा पाइप, पोल या बाँस राखी उचाइ बढाउँदा पनि घरमा शुभफल पैदा हुनेहुन्छ ।

-शनिबारको दिन पिपल वृक्षलाई चिनी-पानी, चिनी-चामल मोलेर या तेल चढाउँदा धनलाभ हुने हुन्छ ।

Top Changing Nepal

युट्युब सट्स