जापानमा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार
काठमाडौं । जापानको पश्चिम क्षेत्रमा नारा भन्ने स्थानमा सडक भाषण दिइरहेको अवस्थामा पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ ।
उनीलाई पछाडिबाट गोली प्रहार भएको हो । उनलाई हाल नारा मेडिकल युनिभर्सिटीमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर छ । जापानका मिडियाहरुले उनी हाल बेहोस अवस्थामा रहेको जनाएका छन् । गोली लागेको ठाउँबाट रगत बगिरहेको कारण हृदयाघातको अनुमान गरिएको छ । उनलाई तत्कालै हेलिकप्टरमार्फत् उपचारका लागि अस्पताल लगिएको थियो ।
त्यस्तै, गोली प्रहार गर्ने व्यक्ति पनि हाल नियन्त्रणमामा रहेका जनाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेका छन् ।
सन् २०२० मा आबेले प्रधानमन्त्री पद छाडेका थिए । तर उनी अझै पनि सत्ताधारी लिबरल डेमोक्रेटिक पार्टीमा प्रभावशाली नेता मानिन्छन् । यही जुलाई १० तारिखमा हुने माथिल्लो सदनको चुनावी अभियान अन्तर्गत उनले सो भाषण गरिरहेका थिए ।
सम्बन्धित समाचार
गोदरेज एप्लायन्सेसले ल्यायो उत्सव योजना ‘मनैदेखि वाउ !’
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
भारतले राख्याे नेपालका बाढी पीडितलाई उच्च प्राथमिकतामा, थप सहयोग पठाउने
नेपाललाई आपतकालीन सहयोग दिने चीनको निर्णय
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
