• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०४ असार २०८३, बिहीबार
०४ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी
  • १ दिन 

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन
  • १ दिन 

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी
  • १ दिन 

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात
  • १ दिन 

नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
  • १ दिन 

इन्जुरी समयमा घानाले पारयो पनामालाई स्तब्ध, १-० को जीत
  • १ दिन 

एम.ए.डब्लु. अर्थमुभर्स (जेसीबी डिभिजन) र एभरेष्ट बैंकबीच सहकार्य, जेसीबी उपकरण खरिदमा ८० प्रतिशतसम्म वित्तीय सुविधा
  • १ दिन 

सालपा विकास बैंकको ८६ हजार बढी कित्ता सेयरको लक इन अवधि असार २४ पछि सकिने
  • १ दिन 

सिटिजन्स बैंकको संस्थापक समूहको सेयर बिक्री प्रक्रिया सुरु
  • १ दिन 

लोकप्रिय समाचार

  • १. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

  • २. विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर

  • ३. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ४. राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

  • ५. संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य

  • ६. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ७. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ८. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ९. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • १०. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

साउन महिनामा कुन राशीले कस्तो फल पाउने?

admin २०७९, श्रावण, ३

धर्मशास्त्र अनुसार मानिसले विभिन्न ग्रहको प्रभावमा अनेकन फल पाउँछ । जुन सकारात्मक पनि हुन सक्छ र नकारात्मक पनि । यही विषयमा हामीले २०७९ सालको साउन महिनामा कुनकुन राशीलाई कस्तो हुने रहेछ, लिएर आएका छौँ । आज हामी विषेश गरी तीन राशीको बारेमा चर्चा गर्नेछौँः

मेष

गीत संगीतमा रहेकाहरुले लाभ लिन सक्नेछन् । पतीपत्नीबीच पनि सम्बन्ध सुधार गर्न सक्ने राम्रो समय छ । प्रेमीप्रमीकाबीचमा समस्या भए महिनाको सुरुवातमा हल गर्न सकिनेछ । यही अवधिमा सम्बन्ध पनि राम्रो रहन्छ । आय आर्जन पत्ता लाउन सक्ने समय छ । त्यस्तै, दाजुभाइ दिदी बहिनीबाट साथ सहयोग मिल्नेछ । घरघडेरी , जग्गा जमिन भूमी वाहनसँग सम्बन्धीत समस्याबाट राहत मिल्ने जनाइएको छ । शुक्रले राम्रो फल दिएको समय हो । आभुसण विक्रेता, कस्मेटिक विक्रेता, पारलर चलाउनु भएको छ भने अझ राम्रो हने देखिन्छ । मोडलिङ तथा पर्यटन क्षेत्रमा रहने र भोगविलाससँग सम्बन्धीत खरिदबिक्री गर्नेलाई पनि अनुकुल समय छ ।

मातृभाव आदिबाट पनि लाभ मिल्छ । १५ गतेदेखि उता लेखन तथा सम्पादन सम्बन्धी काम, पत्रकारीता क्षेत्र, मोबाइल बीक्रेता, ड्राइभिङ क्षेत्रमा हुनुहुन्छ भने बोल्दा वा काम गर्दा अलि होस पुर्याउनुपर्छ । यसअघि भने महिनाको सुरुवातमा भने निकै राम्रो छ । विद्यार्थीहरुले पनि महिनाको सुरुवातमा पनि निकै लाभ लिन सक्छन् ।

मंगलले दुख दिने हुँदा डिप्रेशन, फ्रस्टे«सन हुने, डर लाग्ने किसिमका समस्या देखा पर्न सक्छ । सही समयमा सही निर्णय लिन सकिन्न । साहयता लिएर अघि बढ्न उचित हुन्छ । मेसीन तथा औजार चलाउनपर्ने काम, होटलमोटलका क्षेत्रमा, जुडो कराते खेल्नेहरु, सेनाहरुले निकै होस पुर्याउनुपर्छ । क्षेत्रलाई राम्रो बनाउन हनुमान चालिसाको पाठ गर्ने र गणेशको सेवा आरधना पूजा गर्नाल राम्रो फल मिल्नेछ । प्रशासनिक काममा धेरै खट्नपर्छ तर राम्रो योग छ । तेल ग्याँस आदि व्यापार गर्नेले अलि तनाव झेल्नुपर्ने छ । ठेकेदारी गर्नेले अलि सोचविचार पुर्याएर अघि बढ्नपर्छ । सूर्यको किरणमा बस्ने र सूर्यलाई जल दिने कार्यले विशेष राम्रो हुनेछ ।

कृषि क्षेत्रमा लागेकाहरुको लागि भने यो उत्कृष्ट समय रहेको छ ।

शुुभदिनहरुः २, ५, ६, १०, ११, १६ गतेदृखि १८ गतेसम्म, २४ देखि २८ गतेसम्म
शुभअंकः ४
शुभ रंगः क्रिम अथवा पहेलो
शुभ दिशाः दक्षिण
इष्टदेवताः माता लक्ष्मी

विष

यो महिना आफ्नो क्षेत्रमा सक्रिय भए राम्रो लाभ लिन सकिन्छ । सरकारी पद, केही अवसर खोज्नेका लागि राम्रो समय छ । गोचरको हिसाबमा हेर्दा कामनाहरु पूरा हुने योग छ । घर घडेरी जग्गा जमीन वहनसँग सम्स्या भए टरेर जानेछ । राजनिती क्षेत्रका समस्या टर्नेछा् । ठेकेदारी सुनचाँदी तामाको क्षेत्रका लागि राम्रो छ । धर्ममा मन जाला । घरमा परपाहुना आउने, ठूलोको आशिर्वाद पाउने योग छ । भाग्यमा पनि वृद्घि हुने देखिन्छ । विद्युतीय क्षेत्र, राजनिती क्षेत्रका लागि राम्रो छ ।

मंगल ग्रहले गर्दा केही दुःख हुनेछ । प्रवासमा रहेकालाई चोटपटकको योग छ । पतीपत्नीको सम्बन्ध सुधार गर्नुपर्ने समय छ । आफूले कम्ती बोल्ने र अरुको विचार अनुसार प्रतिक्रिया जनाउनुपर्ने देखिन्छ । मेकानिकल क्षेत्रमा काम गर्ने वा छालासँग सम्बन्धीत समस्या रहे यो महिना तपाईको समस्या बढ्न सक्छ । पेटको समस्या बढ्ने देखिन्छ । आगोसँग काम गर्नपर्ने तथा सेनाहरु अलि सचेत रहनुपर्छ । स्वदेश बसी विदेशबाट लाभ लिनोलाई पनि राम्रै हुने देखिन्छ ।

पत्रकारीता, सेल्सम्यान, ड्राइभिङमा हुनेलाई महिनाको अन्तिममा ठिकै छ तर सुरुवातमा सचेत रहनुपर्ने देखिन्छ । महिनाको अन्तमा मातृशक्तिको मद्दत लिन सकिन्छ । घरजग्गाका समस्या टरेर जानेछन् । गणेश भगवानको पूजा आराधनाले राम्रो गर्नेछ । आँट र हिम्मत बढ्ने देखिन्छ । कलाकारीता, पर्यटन, मोडलिङ क्षेत्रमा रहेकाहरुले अलि राहत महसुस गनेछन् । समस्याहरु समाधान हुनेछन् । वश्त्र विक्रेताहरुलाई पनि यो महिना शुभ छ । विद्याथी वर्गलाई महिनाको अन्ततीर राम्रो हुँदै जानेछ ।

शुभदिनहरुः १ देखि ४ गतेसम्म, ८, १२, १३, १७ गते देखि २० सम्म, २२देखि २३ गते २६ २७, २९, ३१
शुभअंकः ३
शुभरंगः घिउ
शुभदिशाः पूर्व
इष्टदेवताः माता पार्वती

मिथुन

अड्किँदै काम बन्नेछ तर यो महिना दौडधुप अलि धेरै नै गर्नपर्ने देखिन्छ । शत्रुहरु कमजोर हुनेछन् । मातृपक्षबाट सहयोग मिल्नेछ । आध्यात्मिक क्षेत्र, सेना हुनुहुन्छ भने राहत मिल्नेछ । समस्याहरु अलि कम हुनेछ । दोस्रो व्यक्तिको सहयोग लिन पनि उचित हुन्छ । होटल व्यवसायी, औजार चलाउनेहरु, मेकानिकल क्षेत्रमा सुधार हुने देखिन्छ । त्यस्तै, पेटका समस्या तथा छालाको विकारहरु छन् भने यसमा पनि सुधार देखिन्छ । पराक्रम्पना बढ्ने र स्वतन्त्र रही काम हुने देखिन्छ । साथै, रिस र घमन्ड बढ्ने योग छ, यसलाई भने कन्ट्रोलमा राख्न जरुरी देखिएको छ ।

सूर्य ग्रहले आँट हिम्मत बढ्ने देखिएको छ । डर र त्रासले सरकारी काम गर्ने, विद्युतीय सामान र क्षेत्रमा काम गर्नेहरुलाई सताउने देखिन्छ । तेल तथा ग्याँस व्यापारीलाई अलि तनावपूणृ छ । ठेकेदारी गर्नेलाई पनि समय अनुकुल छ । कुवेरलाई पानी चढाए राम्रो मानिनेछ । टाढिएका व्यक्तिहरु नजिकिनेछन् । आर्थिक सुधारमा भने आफैँले प्रयत्न गर्नुपर्ने हुन्छ । महिनाको अन्तमा लेखन तथा सम्पादनमा काम गर्ने, पत्रकारितामा काम गर्नेहरुले आरोप तथा दण्ड जरिवानामा पर्ने योग छ । ड्राइभिङ क्षेत्रमा पनि १५ गतेबाट उता सतर्क रहनुपर्ने छ ।

शरीरमा क्रान्ती र मुहारमा चमक आउनेछ । वस्त्रविक्रेता, मोडलिङ क्षेत्रमा हुने र भोगविलाशको सामान विक्रेतालाई पनि राम्रो हुनेछ । साथै, संगितमा रहेकाहरुलाई पनि राहत मिल्ने समय छ । विद्यार्थीले पढाईबाट लाभ लिने, प्रेम सम्बन्धमा सुधार, वैदेशिक क्षेत्रबाट पनि लाभ आउने समय छ ।

शुभदिनः ३ गतेदेखि ६ सम्म, १० गते, ११ गते, १५ गते, १७ देखि २० गतेसम्म, २७ देखि २९ गतेसम्म
शुभअंकः २
शुभरंगः ध्वाँसे
शुभदिशाः उत्तर
इष्टदेवताः चित्रगूप्त

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार ०४ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

ट्रिलियनियर बने लगत्तै मस्कले किने ६० बिलियनको कोडिङ कम्पनी

चीनको पाँच महिनाको बैदेशिक ब्यापार २०.६८ ट्रिलियन युआन

धुरन्धर सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.