सेयर बजारमा करेक्सन, ३ अर्ब ७० करोडको कारोबार
काठमाडौं । आज मंगलबार नेपाली सेयर बजारमा करेक्सन देखिएको छ ।
आज मंगलबार सेयर कारोबार मापक नेप्से परिसूचक ४४.८० अंकले घटेर २०८८.१६ विन्दुमा पुगेको छ । जहाँ नेप्से २.१० प्रतिशतले घटेको छ । सेन्सेटिभ परिसूचक पनि आज ८.९९ अंकले घटेर ३९८.३९ विन्दुमा पुगेको छ ।
यस दिन कूल २२२ वटा कम्पनीको ८७ लाख ४० हजार ५५१ कित्ता सेयर खरिदबिक्री भई ३ अर्ब ७० करोड ४९ लाख ९८ हजार ३९८ रूपैयाँको कारोबार भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर घटेको छ । जहाँ सबैभन्दा धेरै अन्य उपसमूह घटेको छ ।
मंगलबार पनि शिवम् सिमेन्टको १९ करोड ३६ लाख ६७ हजार रूपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, आज मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधिक नाफा कमाएका छन् । उक्त कम्पनीको सेयरमूल्य ९.३२ प्रतिशतले बढेर ३३२ रूपैयाँ पुगेको छ ।
आज गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै ६.८२ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २५ रूपैयाँमा झरेको छ ।
विश्लेषकहरुले हालको करेक्शन लगानीकर्ताहरुले नाफा बुक गर्दा आएको बताएका छन् । यसअघि तल्लो विन्दुमा सेयर किनेका लगानीकर्ताले हाल सेयर बेचेर नाफा लिएको कारण यस्तो भएको जनाइएको छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
