हामीले २४ घन्टालाई कसरी पर्याप्त बनाउने..
हामीलाई अधिकांश समय ‘समय’को खाँचो महसुस हुन्छ । हामी हतारमा हुन्छौँ, अतालिरहेका हुन्छौँ । हामीसँग कहिल्यै केही काम सम्पन्न गर्न पर्याप्त समय छैन भन्ने लाग्छ । जसकारण हामी पछि परेको र हामीले हाम्रो बेस्ट नगरेको महसुस गर्छौँ ।
यो समस्यालाइ ‘समयको अभाव’ भनिन्छ । हाम्रो समाजको तनावग्रस्त अनि प्रायस् सबैलाई आइ लाग्ने समस्या हो ।
हामी यो समस्यासँग कसरी जुझ्ने तरु दुर्भाग्यवश, यसको कुनै सजिलो उपाय छैन । तर केहि कुराले यसलाई न्यून गर्न वास्तवमै शक्तिशाली भुमिका खेल्छ ।
समाधानभन्दा पहिले हामी समस्या बारे चर्चा गर्नेछौँ ।
समय अभावको समस्या
हामी प्रायस् कुनै न कुनै समय सम्बन्धी समस्यामा उल्झीरहेका हुन्छौँ । जस्तैस् ‘मैले मेरो समयको उचित सदुपयोग गरिरहेको छैन’ वा ‘मसँग सबै कुरा गर्नको लागि पर्याप्त समय छैन’, ‘समय कति चाँडै बित्दैछ, म लाचार बनिरहेछु ।’
हामीलाई समय पर्याप्त नभएको महसुस हुन्छ । समयको कमीको अनुभुतिका सातै हामीले सबै कार्य पूरा गर्न सक्दैनौँ भन्ने तनाव बढेर जान्छ । हामीलाई आफू पछि परे जस्तो लाग्छ ।
यस्तोमा, हामीले के कुरा ध्यानमा राख्नुपर्छ भने- जहिल्यै पनि हामीसँग नयाँ र ताजा समय आउन बाँकी हुन्छ । जोकोहीसँग उत्तिकै समय हुन्छ, कसैलाइ धेरै कसैलाई थोरै हँदैन । र, हामीले बिताएको २४ घन्टा जति नै फाल्तु तरिकाले बिते पनि हामीसँग हरेक अर्को दिन २४ घण्टाको नयाँ समय हुन्छ । हामीले नयाँ सुरुवात र प्रयासको मौका पाइरहेका हुन्छौँ, बारम्बार ।
यहाँ हामीले अर्को कुरा ध्यानमा के राख्नुपर्छ भने हामीले जति नै काम सकाए पनि, त्यसले पर्याप्त समयको वा समय सम्बन्धी यो समस्याको हल गर्न सक्दैन । मैले अति नै उत्पादनजनक९प्रोडक्टिभ० दिनहरू बिताएको छु, जहाँ म २० देखि ३० कार्यहरू पूरा गर्ने गर्छु । जसमा न म कामलाई भोलिको लागि टार्छु न कार्यभन्दा अन्त ध्यान भट्काउँछु । तर, मलाई अझ लाग्छ कि मैले त्योभन्दा धेरै काम गर्न आवश्यक छ र म मनमनै धेरै समयको कामना गर्छु ।
यहाँ हामीले ध्यान दिनुपर्ने चौँथो कुरा के हो भने यी समय साँच्चै बहुमूल्य छन् । यो समय उपहार हो । हामी यसलाई सामान्य रूपमा लिन्छौँ र यसको कदाचित न प्रशंसा न कदर गर्छौँ । हामी हाम्रो पूरै दिन रुटिनबद्ध हिसाबमा कार्य समापन गर्दै जान्छौँ, अरू केही कुराको ध्यानै नगरी र यही कारण.. समय हाम्रो हातबाट चिप्लिन्छ अनि हामी अचम्म मान्दै समय कहाँ गयो भन्छौँ ।
अब यी कुराहरूलाई ध्यानमा राखीसके पछि, म हाम्रा २४ घण्टाको अधिकतम सदुपयोग कसरी गर्ने भन्ने बारे ३ तीनवटा महत्त्वपूर्ण तरिकाको चर्चा गर्छु ।
यी उपाय मेरो लागि धेरै नै उपयोगी छ । तर, हामी सबैको माइलेज व्यापक रूपमा फरक हुन सक्छ । यद्यपि, तपाईंले पनि यसबाट लाभ लिन सक्नुहुनेछ ।
उपायहरु:
पहिलो: प्रत्येक दिनको सुरुवातमा इन्टेन्सनल हुनुहोस् ।
हामीसँग ताजा २४ घन्टा भएपछि, सहजताका साथ हामीले यसको सुरुवात सामान्य तरिकाले गर्न सक्छौँ । तर यो ताजा समयको राम्रो तरिकाले सदुपयोग गर्न, मैले यो समय केमा खर्चिने भन्ने विषयमा दिनको सुरुमै सोच्न महत्त्वपूर्ण हुन्छ । मैले योजना गरे अनुसार कामहरू पूरा नगर्न नसकुँला । तर यदि मैले सुरुमा कार्यहरू तय गरेँ भने म बुद्धिमानीपूर्वक मेरो समय ती काममा खर्च गर्न सक्छु । सर्वप्रथम, म दिनमा के गर्ने भन्ने बारे सूची बनाउँछु।
दोस्रोः धेरै कार्य गर्नुभन्दा महत्त्वपूर्ण कार्य गर्नु ।
मैले भनेझैं, एक दिनमा ३० वटा काम गर्दा पनि समयको अभाव महसुस हुने समस्याबाट छुटकारा पाइँदैन । बरू यसले त झन् तनावलाई खराब स्थितीमा लैजान्छ । प्रत्येक दिन गर्नलाई ३० कार्यको सूची राख्दा पनि यसले खालि तनाव र समय अभावको समस्या निम्त्याउँछ । त्यसोभए, तपाइँसँग मात्र ३ वटा महत्त्वपूर्ण कामको सूची थियो भने के हुन्छरु सायद, यो सल्लाह तपाईंले पहिले पनि सुन्नु भएको छ । तर के तपाईं यसलाई पालन गर्नुहुन्छ?
यदि तपाईंले सूचीमा केवल ३ कार्य राख्नुहुन्छ भने, तपाईंले यसलाई सावधानीपूर्वक छनौट गर्नुहुनेछ । त्यस्तै, तपाईंले ती ३ काम सकेपछि अझै अरू काम पनि गर्न सक्नुहुन्छ । तर सायदै म भने अरू कुामहरू गरूँला । हामीले आफ्नो सूचीमा रहेका ३ वटा काम गरिरहँदा, प्रत्येक कामलाई आजको लागि यो मात्र एउटा महत्त्वपूर्ण काम हो भन्ने ठानेर गर्नुपर्छ।
तेस्रो: अविष्मरणिय क्षणहरू सिर्जना गर्नुहोस्..
हामीले अर्को काम थाल्नलाई मात्र अहिलेको काम सक्ने हतार गर्यौँ भने जीवनका अनुभवहरू खल्लो सुप जस्तै बनेर जान्छन् । तर यदि हामीले हाम्रो जीवनका क्षणहरूलाई विशेष, पवित्र र जीवित बनाउन सक्यौँ भनृ के होलारु हामीलाई आफ्नो रात्रि भोजनका लागि सूप पकाउनु एक उत्कृष्ट अनुभव बन्यो भने कस्तो होलारु हामी सबैसँग अविष्मरणिय क्षणको अनुभव त पक्कै छ । त्यो क्षण जब हामी हाम्रो वरपरको संसारसँग अविश्वसनीय रूपमा सम्बन्धित महसुस गर्छौं, जब हामी आफू अलग भएको भावना बिर्सन्छौँ र आफू केही विशाल कुराको अंश रहेको महसुस गर्छौँ । यो त्यो क्षण हो जब हामी पहाडको टाकुरामा बसेर मनमा शान्ती र हर्ष लिएर दृश्यावलोकल गर्छौं, वा ताराहरू हेर्दै मज्जा लिन्छौँ, वा समुद्रमा तैर्दै आनन्दित हुन्छौँ, वा सूर्यास्त वा फूलहरू बगैँचालाई हेरेर चैनको सास लिन्छौँ । हामी आफैँले यी क्षणहरू अभ्यासका साथ हाम्रो दैनिक जीवनमा सिर्जना गर्न सक्छौँ । जब हामी आफ्नो सूचीमा रहेको कार्य गर्दै हुन्छौँ: जस्तै- भाँडा धुँदा, कुराकानी गर्दा, घर जाँदा वा खाँदै गर्दा.. हामीले यी क्षणहरूलाई अविष्मरणिय बनाउन सक्छौँ । प्रयास गरेर हामीले यदी प्रत्येक दिन यी क्षणहरू सिर्जना गर्न सक्यौँ भने, हामीलाई समयको अभाव कम महसुस हुनेछ । बरू पर्याप्त भएको महसुस हुनेछ । यो सूचीमा सबैभन्दा महत्त्वपूर्ण कुरा यी हो ।
चौँथोः कृतज्ञ रहेर सोच्नुहोस् ।
प्रत्येक दिनको अन्त्यमा आफ्नो कामहरूलाई सर्सर्ती सम्झनुहोस् र आफूलाई कृतज्ञ लाग्ने कुरा मनन गर्नुहोस् । हो, यो सामान्य सल्लाह रहेको मलाई थाहा छ । तर यो सूचीमा अन्य कुरािँगै यो अचम्मै गरी शक्तिशाली छ । प्रयास गर्नुहोस् ।
यी रहे समाधानका चार तरिकाहरू ।
(यो ब्लग जेनह्याबिट्स नामक अङ्ग्रेजी वेबसाइटबाट साभार छ । उक्त ब्लगका लेखक लियो बबोता हुन् । जसको भावानुवाद सुस्मिता लावतीले जानकारी केन्द्रका लागि गरेकी हुन् ।)
सम्बन्धित समाचार
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

