Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

वैदेशिक रोजगारीमा ठगीको उजुरी बढ्यो, आफन्तहरु नै ठगीमा सक्रिय

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, श्रावण, १५
वैदेशिक रोजगारीमा ठगीको उजुरी बढ्यो, आफन्तहरु नै ठगीमा सक्रिय

काठमाडौं । वैदेशिक रोजगारीमा जाने अधिकांश युवा दाजुभाइ, दिदीबहिनी, आफन्त र वैदेशिक रोजगार कम्पनी, ट्राभल एजेन्सी, एजुकेसन कन्सल्टेन्सीबाट ठगिने गरेका छन्, यो क्रममा बढ्दो छ ।

वैदेशिक रोजगार विभागका अनुसार आव २०७८र७९ मा वैदेशिक रोजगारीका क्रममा ठगी भएका एक हजार ७४२ वटा उजुरी परेका छन् । अघिल्लो आर्थिक यस्तै प्रकृतिका ७८० वटा उजुरी परेका थिए । पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्दा उजुरीको सङ्ख्या दोब्बरभन्दा बढी भएको हो । आव २०७८र७९ मा उजुरी बापत ६५ करोड ७१ लाख ५८ हजार रुपियाँ दाबी गरेकामा आव २०७७र७८ मा एक अर्ब ३१ करोड ४५ लाख ९५ हजार रुपियाँ माग दाबी गरिएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आव २०७८र७९ मा उजुरीको सङ्ख्या धेरै भए पनि दाबी रकम भने कम रहेको छ । विभागका महानिर्देशक शेषनारायण पौडेलले विदेश जाने बेलामा सरकारले तोकेभन्दा बढी रकम तिर्ने र विदेशमा पुगेर समस्यामा परेपछि मैले यति रकम तिरेको भन्दै विभागमा उजुरी गर्न आउने युवाको सङ्ख्या धेरै भएको जानकारी दिए । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Top Changing Nepal

युट्युब सट्स