गौतमीश्री बहुउद्देश्यीय सहकारीविरुद्ध उजुरी दिनेको भीड
काठमाडौं । सहकारी विभागमा गौतमीश्री बहुउद्धेशीय सहकारी संस्था लिमिटेडविरुद्ध उजुरी दिनेको भीड लागेको छ ।
नयाँ बानेश्वरमा रहेको सहकारी विभाग तथा अनुसन्धान केन्द्रमा कुलेश्वरस्थित रामबहादुर गौतमले सञ्चालन गरेको सहकारीविरुद्ध उजुरी दिनेको भीड लागेको छ । सहकारीले वचतकर्ताको पैसा लिएर भागेपछि करिब ३ सय जना वचतकर्ता उजुरी दिन पुगेका थिए । वचतकर्ताहरुले सहकारीले एक हप्ताअघि सूचना जारी गरी एक साता सहकारी बिदा हुने जानाएका छन् । त्यस्तै, सहकारीका अध्यक्ष गौतम हप्तादेखि नै सम्पर्कविहीन छन् ।
यसैगरी, एभरेष्ट बैंकले सहकारीमा ताला लाग्नासाथ सहकारीको भवनमा नै सिल गरिदिएपछि बचतकर्ता विभाग पुग्न बाध्य भएका हुन् । बचतकर्ताहरू विभाग धाउनअघि शुक्रबार विहान कालिमाटी प्रहरी प्रशासनमा उजुरी दिन गएका थिए । प्रहरीले उजुरी लिन नमानेपछि विभागमा पुगेको उनीहरुको भनाई छ ।
सम्बन्धित समाचार
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
सुन-चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
